१० आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग

अ अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा विभिन्न आयामबाट छलफल चलाइरहेको छ ।

विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार (आउट अफ कन्ट्री भोटिङ)दिने सवालमा प्रमुख आयुक्त मानबहादुर कार्कीसहितका पदाधिकारीले सरोकारवाला एवं जानकारहरूसँग विमर्श चलाएका हुन् ।

आयोगले सम्बन्धित मुलुकमा रहेका नेपाली नागरिकको सङ्ख्या, मतदाता नामावली संकलनको सम्भावित प्रक्रिया, मतदानको सम्भावित विधि तथा निर्वाचन सञ्चालनमा कूटनीतिक नियोगको भूमिकाबारे बिचार विमर्श गरिरहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताइन् ।

विदेशमा रहेका नेपालीको यकिन विवरण संकलन, उनीहरूलाई मतदाता नामावलीमा समेट्ने प्रक्रिया, मतदान केन्द्रको सम्भावित व्यवस्था तथा मतदानपछि मतपत्र व्यवस्थापनलगायत प्राविधिक र प्रशासनिक पक्षमा समेत आयोगले छलफल चलाएको छ । यसै सन्दर्भमा आयोगले परराष्ट्र मन्त्रालयको सहजीकरणमा हालै विभिन्न मुलुकस्थित नेपाली राजदूतावास तथा कूटनीतिक नियोगका प्रमुखसँग छलफल गरेको थियो ।

आयोगको आफ्नै अध्ययन सामग्रीमा पनि विभिन्न मुलुकले विदेशस्थित दूतावास तथा कन्सुलेटमा मतदान केन्द्र स्थापना गर्ने, हुलाकमार्फत मतदान गराउने, प्रतिनिधिमार्फत मतदान गर्ने तथा विद्युतीय वा मिश्रित विधि अपनाउने विकल्प र सोका लागि आवश्यक कानुनी र नीतिगत परिवर्तनको अध्ययन पनि गरिरहेको छ ।

0 Comments