११ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी-पहिरो प्रभावित क्षेत्रमा सेनाको उद्धार जारी, जोखिममा परेकालाई सुरक्षित स्थानमा सारिँदै

अविरल वर्षासँगै बाढी, पहिरो र डुबानको जोखिम बढेपछि विभिन्न जिल्लामा नेपाली सेना खोज तथा उद्धारमा परिचालित भएको छ। तनहुँमा पहिरोले अवरुद्ध पृथ्वी राजमार्गसमेत खुलाइएको छ।

अ अ+ अ-

काठमाडौं । अविरल वर्षापछि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धारलाई तीव्र बनाएको छ। जोखिममा परेका स्थानीयवासीलाई सुरक्षित स्थानमा सार्ने, प्रभावितका सरसामान स्थानान्तरण गर्ने तथा अवरुद्ध सडक खुलाउने काममा सैनिक टोली परिचालन गरिएको छ।

नेपाली सेनाका अनुसार आइतबार पर्वत, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), पाल्पा, चितवन, धनुषा र तनहुँका प्रभावित क्षेत्रमा सैनिक टोली खटिएका छन्।

कालीगण्डकी बस्तीमा पस्यो, स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै
पर्वतको जलजला गाउँपालिका-८ फर्सेमा आइतबार बिहान कालीगण्डकी नदी बस्तीमा पसेर घरहरू बगाएपछि नयाँ रणभिम गुल्मबाट सैनिक टोली परिचालन गरिएको छ। टोलीले जोखिममा रहेका स्थानीयवासीलाई सुरक्षित स्थानमा सार्नुका साथै उनीहरूका सरसामान स्थानान्तरणमा सहयोग गरिरहेको सेनाले जनाएको छ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यबिन्दु नगरपालिका–२ भुताहामा नारायणी नदीको बहाव बढेर बाढी तथा डुबानको जोखिम देखिएपछि नं. २ वन तथा पर्यावरण सुरक्षा गणको टोली परिचालन गरिएको छ।

सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा पनि डुबानको जोखिम बढेपछि गोरखदल गणको सुरक्षा बेस त्रिवेणीबाट सैनिक टोली खटिएको छ। त्यहाँ जोखिममा रहेका स्थानीयवासीलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।

पाल्पा र धनुषामा पहिरोले घर पुर्‍यो
पाल्पाको माथागढी गाउँपालिका–३ लेन्दीमा पहिरोले घर पुरेको सूचना प्राप्त भएपछि दि फेमस महिन्द्र दल गणको टोली घटनास्थल पुगेर खोज तथा उद्धारमा जुटेको छ।

धनुषाको मिथिला नगरपालिका–११ आपगाछी, चुरेमा पनि पहिरोले घर पुरिएको सूचना प्राप्त भएपछि सेनाको टोली खोज तथा उद्धारका लागि परिचालन गरिएको छ।

नारायणीको सतह बढेपछि भरतपुरमा सेना परिचालन
चितवनको भरतपुर महानगरपालिका–१ देवघाट र वडा नं. ३ बाह्रघरे क्षेत्रमा नारायणी नदीको सतह बढेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै नयाँ सबुज गणको टोली परिचालन गरिएको छ।

सेनाका अनुसार जोखिमयुक्त क्षेत्रका स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सैनिक टोली खटिएको छ।

पहिरो हटाएर पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालन
तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवास्थित पृथ्वी राजमार्गमा पहिरो र लेदो खसेपछि अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ।

काली भञ्जन गण (ई) बाट खटिएको सैनिक टोलीले स्थानीय निकायसँगको सहकार्यमा पहिरो र लेदो हटाएपछि सडक पूर्ण रूपमा सञ्चालनमा आएको सेनाले जनाएको छ।

अविरल वर्षाका कारण विभिन्न क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिम कायमै रहेकाले नेपाली सेनाले प्रभावित क्षेत्रमा खोज, उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा अवरुद्ध सडक खुलाउने कार्यलाई निरन्तरता दिएको जनाएको छ।

0 Comments