१४ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वाधार सचिव गोपालप्रसाद सिग्देल अनिवार्य अवकाश

अ अ+ अ-

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल अनिवार्य अवकाशमा गएका छन्। २०७८ असोज १४ गते सचिवमा बढुवा भएका सिग्देल करिब पाँच वर्ष विशिष्ट श्रेणीको जिम्मेवारी सम्हालेर निजामती सेवाबाट अवकाश भएका हुन्।

मन्त्रालयको सभाहलमा आयोजित कार्यक्रममा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित मन्त्रालयका कर्मचारीहरूले सिग्देललाई बिदाइ गरेका छन्।

सिग्देलले २०५५ वैशाख १५ गते सिँचाइ विभागअन्तर्गत इन्जिनियर पदबाट निजामती सेवा सुरु गरेका थिए। त्यसपछि सिनियर डिभिजनल इन्जिनियर (उपसचिव) र सुपरिटेन्डेन्ट इन्जिनियर (सहसचिव) हुँदै उनी २०७८ असोज १४ गते नेपाल सरकारको सचिवमा बढुवा भएका थिए।

सचिवमा बढुवा भएपछि उनको पदस्थापन नेपाल ट्रस्टको कार्यालयमा भएको थियो। त्यसपछि २०७९ जेठ १० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिव बनेका उनी २०७९ माघ ४ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा भएका थिए। २०८० चैत १५ गते पुन: भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय फर्किएका सिग्देल २०८१ साउन १४ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा भए। २०८१ असोज २ गते जल तथा ऊर्जा आयोगको सचिवालय पुगेका उनी २०८१ मंसिर १६ गते शहरी विकास मन्त्रालयमा सरुवा भएका थिए।

उनले सिँचाइ, जलस्रोत, सडक, शहरी विकास तथा पूर्वाधार क्षेत्रसँग सम्बन्धित विभिन्न निकायमा जिम्मेवारी सम्हाले। सहसचिवका रूपमा समेत उनले भौतिक पूर्वाधार तथा शहरी विकास क्षेत्रका मन्त्रालय, विभाग र मातहतका निकायमा विभिन्न जिम्मेवारीमा रहेर काम गरेका थिए।

सिग्देलको कार्यकाल भने विवादरहित रहेन। तत्कालीन शहरी विकास मन्त्रालयमा रहँदा तत्कालीन मन्त्री प्रा.डा. कुमार इङ्नामले उनको कार्यशैलीप्रति सार्वजनिक रूपमै असन्तुष्टि जनाएका थिए। बिदाइ समारोहमै मन्त्री इङ्नामले मन्त्रालयका सचिव सिग्देल र विभागीय महानिर्देशक रवीन्द्र बोहराको कार्यशैलीप्रति असन्तुष्टि पोखेका थिए।  

शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशक नियुक्तिका क्रममा ज्येष्ठ सहसचिवहरूलाई पन्छाएर रवीन्द्र बोहरालाई जिम्मेवारी दिइएको विषयमा पनि सचिव सिग्देलको आलोचना भएको थियो। गुटमा काम गर्न रुचाउने सिग्देलले अनुकुलका बोहरालाई निकै पछिबाट तानेर महानिर्देशक बनाएका थिए ।

आधा दर्जनभन्दा बढी प्राविधिक सचिवका लागि विभिन्न मन्त्रालय तथा निकायमा दरबन्दी रहे पनि आकर्षक मानिने शहरी विकास र भौतिक पूर्वाधारतर्फ केन्द्रित हुने प्राविधिक सचिवहरूको प्रवृत्तिबाट सिग्देल पनि अलग रहन सकेनन्। 

२०५५ सालमा इन्जिनियरका रूपमा सुरु भएको सिग्देलको निजामती सेवायात्रा करिब साढे २८ वर्षपछि सचिवको जिम्मेवारीबाट टुंगिएको छ।

0 Comments