१६ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जनताका प्रश्नको उत्तर नपाएरै रित्तो हात फर्किनुपर्‍यो’: सांसद राई

अ अ+ अ-

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सरकार जनताका जल्दा बल्दा प्रश्नहरूको उत्तर दिन चुकेको आरोप लगाएका छन् । 

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उनले अधिवेशनको अन्तिम दिनसम्म पनि सरकार प्रमुखबाट प्रतिपक्ष र जनताका जिज्ञासाको जवाफ प्राप्त नभएको बताएका हुन् । उनले संसदबाट‘’रित्तै घर फर्किनुपरेको’ भन्दै दुःख व्यक्त गरे । सांसद राईले संसदको यो अधिवेशनमा सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाए । उनले प्रतिपक्षले उठाउँदै आएका जनसरोकारका विषयमा सरकार गम्भीर नभएको टिप्पणी गरे । राजनीति शास्त्रको विद्यार्थीको हैसियतले ऐतिहासिक सन्दर्भ कोट्याउँदै राईले १५ साल र ६४ सालको चुनावी नतिजासँग तुलना गर्दै वर्तमान सत्ता समीकरणप्रति व्यङ्ग्य गरे । उनले सत्ता जोगाउनकै लागि मात्र केन्द्रित नभई ५ वर्ष सरकार सञ्चालन गर्न र सुशासन कायम गर्न सत्तापक्षलाई आग्रह गरे । 

राईले भने, ‘हामीले जनताका धेरै प्रश्नहरू सदनमा उठायौँ, तर सरकार प्रमुखले जिम्मेवार ढङ्गबाट त्यसको जवाफ दिन सक्नुभएन । आज म जनताको घर–आँगनमा फर्किँदा रित्तो हात फर्किँदै छु । सत्ताको अंकगणितमा दुई तिहाइको नजिक देखिए पनि जनताको म्यान्डेट र विपक्षमा रहेको जनमतको हेक्का राख्नुपर्छ । भ्रष्टाचार र जनअपेक्षा विपरितका गतिविधिले विगतमा घरहरू जलेका थिए, अब हामीले आफ्नो घर जोगाउन मुस्किल पर्ने अवस्था नआओस्।’

उनले भ्रष्टाचार र दलहरूको कार्यशैलीका कारण विगतमा देखिएका आन्दोलन र विद्रोहबाट शिक्षा लिन पनि सरकारलाई सचेत गराए । उनले अर्को अधिवेशनमा सरकारले प्रतिपक्षको मागलाई अपमान नभई सम्मानपूर्वक लिने वातावरण बनाउन सभामुखमार्फत सरकारलाई ध्यानाकर्षण गराए । सरकारलाई आफ्नो खुट्टामा आफैँ बन्चरो नहान्न र सरकार आफैँ नढाल्न शुभकामना दिए । 

0 Comments