काठमाडौँ । लोक सेवा आयोगले नेपाली सेनाको सैन्य पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
आयोगले विज्ञापन नम्बर ०८२/८३/१०० (खुला तथा समावेशी) अन्तर्गत श्री नयाँ सबुज गण भरतपुर ब्यारेक, चितवनबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको नतिजा सार्वजनिक गरेको हो।
लिखित परीक्षामा कुल २ सय ४ जना उम्मेदवारहरू सहभागी भएका थिए। जसमध्ये एक सय ५५ उम्मेदवारहरू विभिन्न समूहबाट लिखित परीक्षामा सफल भई छनौट भएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूचना :



