१८ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘लोकतन्त्र र राष्ट्रिय हितको रक्षामा दलहरू एक ठाउँमा उभिनुपर्छ’ : शंकर पोखरेल

अ अ+ अ-

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्र, संविधान र राष्ट्रिय हितको संरक्षणका लागि राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको बताएका छन्। 

निर्वाचित सरकारको संसद् र जनताप्रतिको उत्तरदायित्वमाथि प्रश्न उठिरहेको भन्दै उनले लोकतान्त्रिक शक्तिहरूलाई सामूहिक रूपमा सोच्न आग्रह गरेका छन्।

आइतबार काठमाडौँको खुलामञ्चमा आयोजित नेपाली काँग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पोखरेलले वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्। उनले बढ्दो स्वेच्छाचारी प्रवृत्तिको विरोध गर्दै राष्ट्रियता र सुशासनका विषयमा साझा पहल गर्नुपर्ने बताएका छन्।

‘आज लोकतन्त्रको भविष्यमाथि पनि चिन्ता उत्पन्न भएको छ । जनताले निर्वाचित गरेको सरकार संसद् र जनताप्रति कति उत्तरदायी छ भन्ने प्रश्न उठिरहेको छ,’ उनले भनेका छन्।

राष्ट्रिय मुद्दामा साझा धारणा बनाउन आग्रह
पोखरेलले राणा शासन, पञ्चायत र निरङ्कुशताविरुद्ध विभिन्न राजनीतिक शक्ति मिलेर संघर्ष गरेको स्मरण गर्दै अहिले पनि लोकतन्त्र र संविधानको संरक्षणमा सहकार्य आवश्यक रहेको बताएका छन्।

नेपालको भू–राजनीतिक संवेदनशीलता उल्लेख गर्दै उनले सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितका प्रश्नमा दलहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिएका छन्।

‘नेपाली जनता र छिमेकी राष्ट्रहरूलाई पनि नेपाल आफ्नो राष्ट्रिय हितप्रति सचेत र जिम्मेवार रहेको विश्वास दिलाउनुपर्छ,’ उनले भनेका छन्।

जनताले दुई तिहाइ नजिकको जनादेश दिए पनि त्यसको सही उपयोग हुन नसक्दा अस्थिरता र आशंका बढेको उनको टिप्पणी छ।

सुशासन र सेवा प्रवाहमा परिणाम खोज्नुपर्ने
पोखरेलले राजनीतिक परिवर्तनसँगै नागरिकले सुशासन, प्रभावकारी सेवा प्रवाह, रोजगारी र तीव्र विकासको अपेक्षा गरे पनि त्यसअनुसार अनुभूति हुन नसकेको बताएका छन्। रोजगारीका लागि ठुलो सङ्ख्यामा युवा विदेश जानुपर्ने अवस्थाप्रति उनले असन्तुष्टि व्यक्त गरेका छन्।

‘नयाँ पुस्ताका सपना र आशालाई निराशामा बदलिन दिनुहुँदैन । हाम्रो इतिहास गौरवपूर्ण छ, तर इतिहासको गौरवलाई भविष्यको योजना र संकल्पमा बदल्न सक्नुपर्छ,’ उनले भनेका छन्।

काँग्रेसको महाधिवेशनलाई शुभकामना दिँदै पोखरेलले इतिहासबाट सिकेर नयाँ पुस्ताका अपेक्षा, सपना र भावनालाई सम्बोधन गर्ने संकल्प गर्न आग्रह गरेका छन्।

0 Comments