१९ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री चौधरीद्वारा प्रदेशको स्थलगत अनुगमन, मल, सिँचाइ र बजारीकरणबारे जानकारी लिइन्

अ अ+ अ-

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि उपकेन्द्र, मल वितरण केन्द्र तथा विभिन्न कृषि उत्पादन क्षेत्रको स्थलगत निरीक्षण गरी कृषकका समस्या र सुझाव लिएकी छिन् ।

मन्त्री चौधरीले असोज १५ गतेदेखि १८ गतेसम्म लुम्बिनी प्रदेशका विभिन्न वन तथा कृषि क्षेत्रको स्थलगत निरीक्षण गरेकी छन् । अनुगमनका क्रममा उनले कृषि उत्पादन, मलखाद, सिँचाइ, विद्युतीकरण, कृषि सडक, बीमा तथा बजारीकरणको अवस्थाबारे जानकारी लिइन् । 

कृषकसँग प्रत्यक्ष छलफल गरी स्थानीय स्तरका समस्या पहिचान गर्ने कामसमेत भइरहेको छ। यस क्रममा मन्त्री चौधरीले रुपन्देहीको मर्चवार क्षेत्रका विभिन्न कृषि क्षेत्रको निरीक्षण गरिन्। उनले मर्चवारीमाई, सम्मरीमाई र कोटहीमाई गाउँपालिकाका कृषि क्षेत्रको अवस्थाबारे जानकारी लिइन् ।

 उनले सम्मरीमाई–६ स्थित कृषि उपज सामग्री संकलन केन्द्र, मर्चवारीमाई-१ को करिब ५० बिघा क्षेत्रफलमा गरिएको केरा खेती र कोटहीमाई-५ स्थित मर्चवार लिफ्ट सिँचाइ जल उपभोक्ता संस्थाको निरीक्षण गरिन् ।  

असोज ८ देखि ११ गतेसम्म आएको हावाहुरी तथा वर्षाले केरा खेतीमा पुर्‍याएको क्षतिबारे समेत उनले कृषकसँग जानकारी लिइन् । कृषकले उत्पादनको उचित मूल्य नपाएको, केराको बजारीकरणमा समस्या रहेको तथा कृषि बीमाको दाबी भुक्तानी प्रक्रिया झन्झटिलो भएको गुनासो गरे । 

कृषकले कृषि विद्युतीकरण विस्तार तथा कृषि सडक निर्माण र स्तरोन्नतिलाई प्राथमिकता दिन आग्रह गरेका थिए। मन्त्री चौधरीले कृषकका समस्या प्रत्यक्ष रूपमा बुझेर समाधानका लागि आवश्यक पहल गर्ने बताइन् ।

उनले कृषि क्षेत्रको विकासका लागि सरकार, स्थानीय तह, कृषक र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको उल्लेख गरिन् । 

0 Comments