काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ।
आयोगको लिखित परीक्षा नतिजा प्रकाशन शाखाले बिहीबार सूचना जारी गर्दै नतिजा सार्वजनिक गरेको जनाएको हो ।
परीक्षामा उत्तीर्ण उम्मेदवारलाई आगामी चरणका परीक्षाका लागि आवश्यक कागजात पेस गर्न आग्रह गरेको छ।
आयोगका अनुसार लिखित परीक्षाबाट सूचना प्रविधि सीप परीक्षण, सामूहिक परीक्षण तथा अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारले शैक्षिक योग्यताका प्रमाणपत्र र अन्य आवश्यक कागजात बुझाउनुपर्नेछ।











