काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको सेवा प्रवाह प्रमाणीकरणका लागि ३२ जना गुणस्तर परीक्षकको रोस्टर सूची सार्वजनिक गरेको छ।
मन्त्रालयले बिहीबार (२०८३ असोज २२ गते) सूचना प्रकाशित गर्दै स्थानीय तहको सेवा प्रवाह प्रमाणीकरणका लागि उपसचिव, शाखा अधिकृत र नापी अधिकृतसहित ३२ जनालाई रोस्टर सूचीमा समावेश गरेको हो।
स्थानीय तहको सेवा प्रवाह प्रमाणीकरणसम्बन्धी कार्यका लागि तयार गरिएको सूचीमा विभिन्न पदका कर्मचारीहरू समेटिएका छन्।
रोस्टर सूची :





