२५ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीपीडितलाई लायन्सद्वारा २६ लाखको राहत सामग्री

अ अ+ अ-

नवलपरासी । गत असोज ११ गते नारायणी नदीमा आएको बाढीबाट प्रभावित भएका नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ का बासिन्दालाई राहत सामग्री वितरण गरिएको छ । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आरले यहाँका बाढी पीडितलाई आज रु. २६ लाख बराबरको अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु प्रदान गरेको हो ।

क्लबका डिस्ट्रिक्ट गभर्नर प्रभाकर पण्डितले परिवारका लागि आवश्यक पर्ने सम्पूर्ण खाद्यान्न तथा उपभोग्य वस्तु २०० परिवारलाई वितरण गरिएको जानकारी दिए । उनका अनुसार प्रतिपरिवार हाइजेन किट, पानी, बाल्टी, खाना पकाउने सामग्री (डेक्ची, डाडु, पन्युलगायत), कालो म्याट, त्रिपाल, खाद्य पदार्थ (दाल, चामल, नुन, तेलसहित), सिरक, डसना, तन्ना र सिरानी प्रदान गरिएको छ ।

लायन्स क्लब अन्तरराष्ट्रियबाट प्राप्त सहयोगमा स्थानीय क्लबले सहकार्य गरी राहत सामग्री वितरण गरेको उनले जानकारी दिए । गैँडाकोटका बाढीपीडितलाई राहत सामग्री वितरण गर्न लायन्स क्लब अन्तरराष्ट्रियबाट १५ हजार अमेरिकी डलर सहयोग प्राप्त भएको पण्डितले बताए । 

“उक्त रकमबाट हामीले बाढी आउने बित्तिकै यहाँका सम्पूर्ण बाढीपीडितका लागि चार छाक खाना खुवाएका थियौँ”, उनले भने, “यो राहत सामग्री केही दिन अगाडि बाँड्ने तयारी हुँदा मौसम प्रतिकुल भएपछि आज वितरण गरेका हौँ ।”

गत असोज ११ गते नारायणी नदीमा इतिहासकै सबैभन्दा ठूलो बाढी आएको थियो । नदीको देवघाटस्थित जलमापन केन्द्रका अनुसार ११ गते दिउँसो नदीमा पानीको सतह ११ दशमलव ९३ मिटर पुगेको थियो । नारायणी नदीमा सात दशमलव तीन मिटर पानीको सतहलाई चेतनाको तह र नौ मिटरलाई खतराको तहका रूपमा लिने गरिएको छ । 

0 Comments