२७ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिममा काँग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल

अ अ+ अ-

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बैठक बहिष्कार गरे पनि आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको छलफल अघि बढाइएको छ।

आज बसेको प्रदेशसभा बैठकमा बजेटमाथिको छलफल सुरु भएको हो। प्रदेशसभा संसदीय दलको आजै बसेको बैठकले प्रदेशसभा बैठक बहिष्कार गर्ने निर्णय गरेको थियो।

बजेट उपयुक्त नभएको र सरकारले प्रतिपक्षीसँग आवश्यक समन्वय नगरेको भन्दै बैठक बहिष्कार गर्ने निर्णय गरिएको नेपाली काँग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले बताए । उनले आजदेखि प्रदेशसभाका सबै बैठकमा सहभागी नहुने जानकारी दिए ।

यसैबीच, बजेट विवाद समाधान गर्न सत्तारूढ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बजेट संशोधन तथा विवादित विषयमा छानबिन गर्ने निर्णय गरेको छ। संसदीय छानबिन समिति गठन गर्ने र कात्तिक १५ गतेभित्र पूरक बजेट ल्याउने सहमति भएको जनाइएको छ। सोहीअनुसार तत्काल बजेट पारित गर्ने गरी प्रक्रिया अघि बढाइएको छ।

आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा रु. ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत गर्नुभएको थियो। बजेटमाथिको छलफल सुरु हुनुअघि नै विवाद चर्किएपछि प्रदेशसभा बैठक प्रभावित भएको थियो।

बजेट विवादकै कारण यसअघि निवर्तमान मुख्यमन्त्री शाह नेतृत्वको सरकार विघटन भएको थियो। त्यसयता प्रदेशमा बजेट शून्यताको अवस्था छ। आइतबार प्रस्तुत बजेटलाई लिएर सत्तारूढ दलभित्रै पनि विवाद छ।

0 Comments