८ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खुलेको मौसमसँगै घोडेपानी-पुनहिलमा पर्यटकको चहलपहल बढ्यो

अ अ+ अ-

म्याग्दी । पूर्वी क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन थाल्छ । कोही क्यामेरा तेस्र्याउँछन्, कोही मोबाइलमा दृश्य कैद गर्न व्यस्त हुन्छन् । चराहरूको चिरबिरसँगै विस्तारै हिमाल खुल्दै जान्छन् । सूर्यको पहिलो किरण हिउँचुचुरामा पर्दा सेता हिमशृङ्खला सुनौलो रङमा चम्किन्छन् । प्रकृतिको यही अनुपम दृश्यले पर्यटकलाई मन्त्रमुग्ध बनाउँछ ।

मनसुन सकिएपछि खुलेको नीलो आकाश, लहरै देखिने हिमाल र चिसो मौसमसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ स्थित घोडेपानी-पुनहिलमा पर्यटकको चहलपहल बढेको छ । दसैँतिहारको बिदा मनाउन र प्रकृतिसँग रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा यो गन्तव्य पर्न थालेको हो ।

दसैँअघि सुनसान बनेको घोडेपानी-पुनहिलमा पछिल्ला दिनमा पर्यटकको आगमन बढेको घोडेपानीका होटल व्यवसायीसमेत रहेका अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुनले बताए । “विपद्का कारण असोज महिनामा सुनसान भएको थियो”, उनले भने, “कात्तिक महिनाको सुरुआतसँगै दैनिक २०० जना विदेशी र ५० जनाको हाराहारीमा नेपाली पर्यटक आएका छन् ।”

पोखराबाट घुम्न आएका सन्तोष बरालले घोडेपानी-पुनहिलको प्राकृतिक सौन्दर्यले मोहित बनाएको बताए । सहरको व्यस्त दैनिकीबाट केही समय टाढा रहेर हिमाल, वनजङ्गल र शान्त वातावरणमा रमाउन पाएको उनको भनाइ छ । चाडपर्वको बिदालाई घुमफिर र नयाँ अनुभवका लागि उपयोग गर्ने चलन बढेको छ ।

समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिल घोडेपानीको प्रमुख आकर्षण हो । यहाँबाट धौलागिरि, अन्नपूर्ण, नीलगिरि, गुर्जा, मानापाथी, माछापुच्छ्रे, मनास्लु र बराह शिखरलगायत १५ भन्दा बढी हिमाली टाकुराको अवलोकन गर्न सकिन्छ । मौसम खुलेका बेला टाढासम्म फैलिएका हिमशृङ्खला आँखैअघि उभिएझैँ देखिने स्थानीय व्यवसायी सुरेश पुनले बताए ।

सूर्योदयसँगै सूर्यास्त र हिमाली दृश्यावलोकनका लागि पनि पर्यटक यहाँ पुग्ने गर्छन् । बिहान पुनहिलमा सूर्योदय हेरेपछि पर्यटक घोडेपानी फर्केर आसपासका वनजङ्गल, गाउँबस्ती र प्राकृतिक सम्पदाको अवलोकन गर्छन् । शान्त वातावरण र हरियालीले यात्राको थकान बिर्साउन सहयोग गर्ने पोखराकी रोजी श्रेष्ठले बताइन् ।

“बिहान हिमालमा उदाउने सूर्य, दिनभरि देखिने हिमशृङ्खला र प्रकृतिको शान्त वातावरणले लोभ्यायो”, उनले भनिन्, “प्रकृतिप्रेमीहरूका लागि घोडेपानी-पुनहिल चाडपर्वको बिदा मनाउन र छोटो पदयात्रा गर्न उपयुक्त गन्तव्य हो ।”

घोडेपानीका होटल व्यवसायी टेकसर बुद्धुजा पुनका अनुसार पर्यटकको आगमन बढेसँगै होटल व्यवसायी व्यस्त भएका छन् । घोडेपानीमा दैनिक एक हजार जनालाई बासको व्यवस्था गर्न सक्ने २५ वटा सुविधायुक्त होटल छन् । चाडपर्वको बिदा र अनुकूल मौसमका कारण आगामी दिनमा पर्यटक अझै बढ्ने अपेक्षा गरिएको पुनले बताए ।

अन्नपूर्ण क्षेत्रको प्रसिद्ध पदयात्रा मार्गमा पर्ने घोडेपानी-पुनहिल छोटो अवधिको पदयात्राका लागि पनि लोकप्रिय छ । पोखराबाट कास्कीको नयाँपुल हुँदै उल्लेरीको बाटो पदयात्रा गरेर यहाँ पुग्न सकिन्छ । म्याग्दीको पोखरेबगर, घार र शिख हुँदै सडकमार्गबाट पनि घोडेपानी पुग्न सकिन्छ । घोडेपानीबाट करिब आधा घण्टाको पैदल यात्रापछि पुनहिल पुगिन्छ ।

पर्यटक पथप्रदर्शक सुन्दर बन्जाराका अनुसार यहाँको मुख्य आकर्षण हिमाली दृश्य र सूर्योदय हो । अनुकूल मौसममा एकै स्थानबाट धेरै हिमालको अवलोकन गर्न पाइने भएकाले पर्यटक घोडेपानी-पुनहिलप्रति आकर्षित हुने गरेका छन् ।

घोडेपानी र पुनहिलको पर्यटन इतिहास पनि रोचक छ । कुनै समय स्थानीय किसानको चरन क्षेत्र रहेको लुङटुङ डाँडा अहिले पुनहिलका नामले विश्व पर्यटन बजारमा परिचित छ । भारतीय सेनाबाट सेवानिवृत्त स्वर्गीय मेजर टेकबहादुर पुनले यस डाँडाको नामकरण गरी पर्यटन विकासको जग बसालेको स्थानीय व्यवसायी बताउँछन् । उनको स्मृतिमा पुनहिलमा दृश्यावलोकनस्थलसमेत निर्माण गरिएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा समेटिएपछि यस क्षेत्रको प्रचारप्रसार अन्तर्राष्ट्रियस्तरमा विस्तार भएको हो । प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, जैविक विविधता र स्थानीय संस्कृति यहाँका थप आकर्षण हुन् । पछिल्लो समय विभिन्न क्षेत्रमा आएको बाढीपहिरोले नेपालको पर्यटन क्षेत्रमा असर पारे पनि घोडेपानी-पुनहिल, घान्द्रुक र अन्नपूर्ण आधार शिविर क्षेत्रमा प्रत्यक्ष असर नपरेको पर्यटन व्यवसायीले बताएका छन् ।

विपद्प्रभावित क्षेत्रका कारण समग्र नेपालको पर्यटन असुरक्षित रहेको सन्देश फैलिन नदिन सुरक्षित गन्तव्यको वास्तविक अवस्थाबारे प्रचारप्रसार गर्नुपर्ने उनीहरूको भनाइ छ ।

0 Comments