कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका–२, हल्लानगरबाट ९ ग्राम २४० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा स्थानीय २३ वर्षीया अस्मिता बोहोरा रहेकी छन्।
विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले बोहोराको घरमा खानतलासी गरेको थियो। सो क्रममा कोठाको दराजमाथि रहेको कालो रङको लेडिज ब्यागभित्र ब्राउन सुगरजस्तो देखिने खैरो रङको धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले लागूऔषध तौल गर्न प्रयोग हुने एक थान डिजिटल तौल मेसिनसमेत बरामद गरेको छ। बोहोरालाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय चन्द्रौटामा ल्याइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




