१५ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय जागरण अभियानमा जुट्यो नेकपा, आन्दोलनको तयारी गर्न ‘प्रचण्ड’को आह्वान

राष्ट्रिय स्वाधीनताको रक्षाका लागि आन्दोलन, पार्टीको वैचारिक सुदृढीकरण र महाधिवेशनको तयारीलाई राष्ट्रिय जागरण अभियानका तीन प्रमुख उद्देश्यका रूपमा प्रचण्डले अघि सारेका छन्।

अ अ+ अ-

सर्लाही। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनताको रक्षा, पार्टीको वैचारिक सुदृढीकरण र महाधिवेशनको तयारीलाई केन्द्रमा राखेर राष्ट्रिय जागरण अभियान सुरु गरिएको बताएका छन्।

आइतबार सर्लाहीको सदरमुकाम मलंगवामा आयोजित पार्टीको जिल्ला एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकको असाधारण राजनीतिक परिस्थितिका कारण राष्ट्रिय जागरण अभियान सञ्चालन गर्नुपरेको बताए।

प्रचण्डले राष्ट्र र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि आन्दोलनको तयारी गर्नु, पार्टीलाई वैचारिक रूपमा सुदृढ बनाउनु र महाधिवेशनको तयारीलाई तीव्रता दिनु अभियानका तीन प्रमुख उद्देश्य रहेको स्पष्ट पारे।

कार्यक्रममा पार्टीका केन्द्रीय सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विश्वभर वामपन्थी शक्तिको प्रभाव बढ्दै गएको दाबी गरे। ब्राजिलमा वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा राष्ट्रपतिमा निर्वाचित भएको उदाहरण दिँदै उनले अन्तर्राष्ट्रिय वामपन्थी आन्दोलनको अवस्थाबारे चर्चा गरे।

नेपालले सामाजिक न्याय, जातीय विभेदको अन्त्य तथा नागरिकको अधिकार र सम्मान सुनिश्चित गर्ने विषयलाई पार्टीले प्राथमिकतामा राखेको बताए। जनताका आधारभूत समस्या समाधान गर्दै मुलुकको भविष्य निर्माणमा नेकपाले भूमिका निर्वाह गर्ने उनको भनाइ थियो।

त्यस्तै, पार्टीका मधेस प्रदेश इन्चार्ज एवं पूर्वसंघीय मन्त्री महिन्द्र राय यादवले मधेसवादी दलहरू जातिवाद र परिवारवादमा केन्द्रित भएको आरोप लगाए। उनले मधेसका मुद्दालाई नेकपाले प्राथमिकताका साथ अघि बढाउने बताए।

यादवले मधेससहित समग्र मुलुकको राजनीतिक तथा सामाजिक परिवर्तनका लागि आन्दोलनको तयारी आवश्यक रहेको उल्लेख गरे। उनले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी संगठनात्मक तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिए।

नेकपा सर्लाही जिल्ला समितिको आयोजनामा सम्पन्न कार्यक्रममा पार्टीको संगठनात्मक एकता, आन्तरिक समन्वय, राजनीतिक कार्यदिशा र आगामी कार्ययोजनाका विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा पार्टीका केन्द्रीय संयोजन समिति सदस्य एवं पूर्वसंघीय मन्त्री मातृका यादवसहित केन्द्रीय तथा प्रदेशस्तरका नेता, जिल्ला समितिका पदाधिकारी र स्थानीय तहका नेता-कार्यकर्ताको सहभागिता थियो।

जिल्ला समिति संयोजक रामेश्वर राय यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहसंयोजक अख्तर मिकरानीले स्वागत मन्तव्य राखेका थिए भने अर्का सहसंयोजक शिवनाथ चौधरीले कार्यक्रम सञ्चालन गरेका थिए।

आयोजकका अनुसार एकता बैठक तथा प्रशिक्षण कार्यक्रम पार्टीको संगठनात्मक संरचना सुदृढ गर्ने, नेता–कार्यकर्ताबीच वैचारिक स्पष्टता कायम गर्ने र आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको हो।

0 Comments