१६ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दसौँ राष्ट्रिय खेलकुदका लागि कर्णाली तयार रहेको मन्त्री पोखरेलको दाबी, काउन्टडाउन सुरु भएको घोषणा

सुर्खेतमा रंगशालासहितका खेल पूर्वाधार निरीक्षणपछि मन्त्री पोखरेलले बाँकी निर्माण कार्य तीव्र पारिएको बताए, प्रदेश सरकारसँग तयारी र व्यवस्थापनबारे छलफल।

अ अ+ अ-

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न कर्णाली प्रदेश तयार रहेको बताएका छन्। सुर्खेतस्थित निर्माणाधीन रंगशाला तथा अन्य खेल पूर्वाधारको स्थलगत निरीक्षणपछि उनले प्रतियोगिताको तयारी अन्तिम चरणतर्फ अघि बढेको दाबी गरेका हुन्।

मन्त्री पोखरेलले प्रतियोगिता सुरु हुन ३० दिन बाँकी रहेको उल्लेख गर्दै सोमबारदेखि उल्टो गणना (काउन्टडाउन)सुरु भएको घोषणा गरेका छन्।

सुर्खेत भ्रमणका क्रममा उनले रंगशाला तथा अन्य खेल संरचनाको निर्माण अवस्था, बाँकी काम र प्रतियोगिता सञ्चालनका लागि आवश्यक तयारीबारे आयोजक, स्थानीय पदाधिकारी तथा सरोकारवालासँग छलफल गरेका थिए।

निरीक्षणपछि मन्त्री पोखरेलले निरन्तरको समन्वय र संवादबाट पूर्वाधार निर्माणले गति लिएको बताए। रंगशालालगायतका संरचना तयार हुँदै गएको उल्लेख गर्दै उनले निर्धारित समयमा प्रतियोगिता आयोजना गर्न सकिने विश्वास व्यक्त गरे।

उनका अनुसार प्रतियोगितालाई लिएर प्रदेश, जिल्ला तथा स्थानीय तहमा उत्साह र तयारी देखिएको छ। खेलाडी तथा खेल क्षेत्रसँग सम्बन्धित निकायहरू पनि प्रतियोगिताप्रति उत्साहित रहेको उनको भनाइ छ।

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ गतेदेखि कर्णाली प्रदेशमा आयोजना गर्ने तयारी छ। प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ गरी ११ टोलीको सहभागिता रहने जनाइएको छ। 

प्रतियोगिताको तयारीका सिलसिलामा मन्त्री पोखरेलले आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही र सामाजिक विकास मन्त्री जीतबहादुर मल्लसँग समेत छलफल गरेका थिए। छलफलमा खेल पूर्वाधार निर्माण, व्यवस्थापन तथा बाँकी तयारीका विषय समेटिएका थिए। 

लामो समयदेखि विभिन्न कारणले प्रभावित हुँदै आएको राष्ट्रिय खेलकुद प्रतियोगिता यसपटक निर्धारित समयमै आयोजना गर्ने सरकारको तयारी छ।

यद्यपि, प्रतियोगिताका लागि केही संरचना निर्माणाधीन अवस्थामै रहेकाले बाँकी पूर्वाधार, खेलस्थल व्यवस्थापन र अन्य प्राविधिक तयारी निर्धारित समयभित्र सम्पन्न गर्नु आयोजकका लागि चुनौती रहेको छ। 

मन्त्री पोखरेलले कर्णालीमा राष्ट्रिय खेलकुद आयोजना हुनुले प्रदेशको खेल पूर्वाधार विकास र समग्र खेलकुद क्षेत्रलाई थप गति दिने विश्वास व्यक्त गरेका छन्।

0 Comments