काठमाडौँ। मन्त्रिपरिषद्को बैठक आज (बुधबार) बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरमा बैठक बस्न लागेको हो।
बैठकको कार्यसूचीबारे विस्तृत जानकारी सार्वजनिक भएको छैन। बैठकमा सरकारका नियमित कामकारबाही तथा समसामयिक विषयमा छलफल हुन सक्ने छ।




