११ मंसिर २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नापी र मालपोत सेवा स्थानीय तहबाटै उपलब्ध गराउने तयारी अघि बढाउन कर्मचारीलाई निर्देशन

अ अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सरकारले निर्धारण गरेको समय सीमाभित्र नापी र मालपोत सेवा स्थानीय तहबाटै उपलब्ध गराउने गरी आवश्यक तयारी अघि बढाउन कर्मचारीलाई निर्देशन दिएकी छन् ।

भूमि समस्या समाधान समितिको कार्यप्रगति तथा नापी र मालपोत सेवा स्थानीय तहमा हस्तान्तरण गर्ने तयारीका सम्बन्धमा आज जिल्ला प्रशासन कार्यालय धनुषामा आयोजित छलफलमा मन्त्री रावलले सरकारको प्राथमिकताअनुसार कामलाई तीव्रता दिन निर्देशन दिएकी हुन् ।

उनले एक महिनाभित्रै नापी र मालपोतसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने सरकारको प्रतिबद्धता रहेको उल्लेख गर्दै सोहीअनुरूप आवश्यक जनशक्ति, पूर्वाधार र व्यवस्थापकीय तयारी गर्न कर्मचारीलाई आग्रह गरिन् । नागरिकले सामान्य कामका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य गर्दै स्थानीय तहमै सहज रूपमा सेवा पाउने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो ।

मन्त्री रावलले दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई निर्धारित समयभित्र जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गर्ने गरी काम गर्न भूमि समस्या समाधान समितिलाई निर्देशन दिइन्।

भूमिसम्बन्धी समस्या समाधान गर्दा वास्तविक लाभग्राहीको पहिचान गरी निष्पक्ष र पारदर्शी ढंगले काम गर्नुपर्नेमा जोड दिँदै उनले कुनै पनि बहानामा सेवा प्रवाहमा ढिलासुस्ती नगर्न आग्रह गरिन् ।

सरकारको मूलमन्त्र सुशासन र पारदर्शिता रहेको उल्लेख गर्दै मन्त्री रावलले यस विषयमा सरकारले कुनै सम्झौता नगर्ने स्पष्ट पारिन् । सार्वजनिक सेवा प्रवाहलाई नागरिकमैत्री, सरल र सहज बनाउन कर्मचारी प्रशासन जिम्मेवार हुनुपर्ने उनले बताइन् ।

उनले सरकारी सेवा नागरिकको घरदैलोसम्म पुर्‍याउने उद्देश्यले सरकारले अघि सारेका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तहका कर्मचारी र स्थानीय तहका जनप्रतिनिधिबीच समन्वय आवश्यक रहेको धारणा राखिन्।

छलफलमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, सुरक्षा निकायका प्रमुख, जिल्लास्थित सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, नापी र भूमि प्रशासन कार्यालयका प्रमुख तथा भूमि समस्या समाधान समितिका पदाधिकारीलगायतको उपस्थिति थियो । 

0 Comments