२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ वर्षमा नमुना बस्ती हस्तान्तरण

अ+ अ-

बर्दिवास । महोत्तरीको बर्दिवासस्थित एकीकृत नमुना मुसहर बस्ती आगामी वैशाख १ गते मुसहरलाई हस्तान्तरण गरिने भएको छ ।

गत पुस २५ गते शिलान्यास गरेर निर्माणको काम थालिएको सो बस्ती निर्माणको कार्य सम्पन्न भइसकेको धुर्मुस सुन्तली फाउन्डेसनका सीताराम कट्टेलले आइतवार बर्दिवासमा आयोजित सर्वपक्षीय बैठकमा जानकारी दिए ।

फाउन्डेसनले निर्माण सुरु गरेको ९५ औंँ दिनभित्रै काम सकिएको छ । वैशाख १ गते बिहान ८ बजे सुरु हुने हस्तान्तरण समारोहमा गत पुस २५ गते हास्यकलाकार मह जोडीले शिलान्यास गरेको सो बस्तीमा ५० घरधुरी मुसहरका लागि ५० घर, एउटा सामुदायिक भवन, दुई सार्वजनिक शौचालय, बालोद्यान, दृश्यस्तम्भ र मुसहरका कुलदेवता दिनभद्रीको मन्दिर बनेका छन् ।

यसैगरी विगतमा मुसहर बस्तीभित्रै बस्दै आएका अन्य समुदायका तीन परिवारका लागि फाउन्डेसनले थप तीन घर बनाएको छ । सबै घर खानेपानी धारा, शौचालय, बिजुली र सडक सुविधासँग जोडिएको तथा अपाङ्गता भएका, बालबालिका र वृद्धवृद्धा वातावरणमैत्री बनेको फाउन्डेसनका परियोजना प्रबन्धक अर्जुन न्यौपानेले जानकारी दिए । बस्तीको निर्माण लागत करिब पाँच करोड छ । रासस

0 Comments