११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्याङ्जाका सातवटामा एमाले, चारवटामा काँग्रेस विजयी

अ+ अ-

वालिङ । स्याङ्जाका एघार वटा स्थानीय तहमध्ये सात वटामा नेकपा एमाले र चारवटामा नेपाली काँग्रेस विजयी भएका छन् ।

एमालेले स्याङ्जाका पुतलीबजार र गल्याङ नगरपालिकासहित आँधीखोला, फेदीखोला, हरिनास, बिरुवा तथा कालीगण्डकी गाउँपालिकामा विजय प्राप्त गरेको छ भने काँग्रेसले वालिङ, भीरकोट र चाँपाकोट नगरपालिकासहित अर्जुनचौपारी गाउँपालिकामा विजय प्राप्त गरेको छ ।

एमालेबाट पुतलीबजार नगरपालिकाको प्रमुखमा सीमा क्षेत्री र उपप्रमुखमा एमालेकै महेश पुरी तथा गल्याङ नगरपालिकाको प्रमुखमा एमालेकै भुपराज अधिकारी र उपप्रमुखमा सोहि पार्टीका देवी थापा विजयी भएका छन् ।

त्यस्तै एमालेबाट आँधीखोला गाउँपालिकाको अध्यक्षमा सुधीरकुमार पौडेल, उपाध्यक्षमा शर्मिला पौडेल, फेदीखोलाको अध्यक्षमा घनश्याम सुवेदी र उपाध्यक्षमा देवी थापा, हरिनाशको अध्यक्षमा खिमनारायण मानन्धर र उपाध्यक्षमा झनिमाया पराजुली, बिरुवाको अध्यक्षमा चुनप्रसाद शर्मा र उपाध्यक्षमा देवीकुमारी थापा, कालीगण्डकीको अध्यक्षमा खिमबहादुर थापा र उपाध्यक्षमा सावित्रा कोइराला तथा अर्जुनचौपारीको उपाध्यक्षमा चीनमाया गुरुङ विजयी भएका छन् ।

काँग्रेसबाट वालिङ नगरपालिकाको प्रमुखमा दिलीपप्रताप खाँण र उपप्रमुखमा कल्पना तिवारी, भीरकोट नगरपालिकाको प्रमुखमा छायाराम खनाल र उपप्रमुखमा सीमा कर्माचार्य क्षेत्री तथा चापाकोट नगरपालिकाको प्रमुखमा शिवकुमार गिरी र उपप्रमुखमा विमला श्रेष्ठ विजयी भएका छन् ।

त्यस्तै काँग्रेसवाटै अर्जुनचौपारी गाउँपालिकाका अध्यक्षमा दीर्घनारायण अर्याल विजयी भएका छन् ।

एघारवटा स्थानीय तह तथा ९७ वटा वडा रहेको स्याङ्जामा नेकपा एमालेले नगरपालिका तथा गाउँपालिकाको प्रमुख/अध्यक्षमा सात, उपाध्यक्षमा आठ र वडाध्यक्षमा ५७ मा विजयी भएको छ । नेपाली काँग्रेस प्रमुख÷अध्यक्ष चार, उपाध्यक्ष तीन र वडाध्यक्ष ३९ मा विजयी भएको छ भने नेकपा माओवादी केन्द्र एउटा वडामा विजयी भएको छ । रासस

प्रतिक्रिया दिनुहोस