२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिमपातका कारण सडक अवरुद्ध, यात्रु अलपत्र

अ+ अ-

सोलुखुम्बु । सडकमा हिउँ जमेपछि सोलुखुम्बु–काठमाडौं सडक अवरुद्ध भएको छ ।

बुधबार भएको हिमपातका कारण सोलुखुम्बु–काठमाडौं सडकमा हिउँ जमेपछि यातायात पूर्णरुपमा ठप्प भएको हो । हिउँका कारण पैदल यात्रुको आवतजावत समेत पातलिएको छ । सडक मार्गको मुख्य नाका जिल्लाको पत्तालेमा बाक्लो हिउँ जमेका कारण बुधबारदेखि बिहीबार बिहानसम्म कुनै पनि यातायातका साधन सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध हुँदा राजधानी काठमाडौं, प्रदेशको अस्थायी राजधानी विराटनगर लगायत क्षेत्रसँग सोलुखुम्बुको सिधा सडक सम्पर्क विच्छेद भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सञ्जीव चौधरीले जानकारी दिए ।

उनकाअनुसार हिउँ जमेको अवस्थामा सवारी सञ्चालन गर्दा हुनसक्ने दुर्घटनालाई दृष्टिगत गरी जिल्ला भित्रने सवारी साधन ओखालढुङ्गाको ढाडेमा र जिल्लाबाट बाहिर जाने सवारी साधनलाई जिल्लाको बाघखोरमा रोकिएका छन् ।

पत्ताले क्षेत्रमा हिजोदेखि चार ओटा मालवाहक ट्रक फसेको प्रहरी चौकी पत्तालेका हबल्दार विजय सिवाले जानकारी दिए । उनका अनुसार उक्त मालवाहक ट्रक मोडमा फसेको र जेसिवीले समेत तान्न नसकेका कारण उद्धार गर्न सकिएको छैन । मौसममा सुधार आए पनि छायाँ परेको सडक भागमा घाम लाग्न नसक्दा समस्या भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सडक यातायात सञ्चालन हुननसक्ने भएपछि यात्रु अलपत्र परेका छन् । बुधबार साँझ सदरमुकाम सल्लेरी आएका केही यात्रु जीपमार्फत बाखखोरमा पुगेर बसेका छन् भने केही यात्रु सदरमुकाम सल्लेरीमै बसेका छन् । आकस्मिक काम परेका यात्रुलाई भने यातायात सञ्चालन नहुँदा समस्या भएको छ । वैदेशिक रोजगारीका लागि शुक्रबार बिहान काठमाडौँ पुग्नुपर्ने स्थानीयवासी रामबहादुर तामाङको भनाइ छ ।

सदा झैँ आज साँझ काठमाडौं पुग्ने र शुक्रबार काम भ्याउने सोचमा रहेका तामाङ सल्लेरीमै रहनुपर्दा निक्कै चिन्तित बन । तामाङले भने, ‘प्लेन चल्छ, चल्दैन थाहा छैन, गाडी त चल्दैन भन्छन्, भोलिको मेरो काम छुट्ने भयो, निक्कै तनावमा छु म ।’अहिले झन्डै एक सय यात्रु पत्ताले क्षेत्रमा रोकिएको ट्राफिक प्रहरी नारायणबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार मौसममा सुधार आएपछि आज साँझसम्ममा सवारी आवगमन खुलाउने प्रयास भइरहेको छ ।