९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सोनसिक सभापतिमा प्रकाश देवकोटा

अ+ अ-

दक्षिण कोरिया । कोरियामा अध्ययरत नेपाली विद्यार्थीहरुको साझा संगठन, नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) को सभापतिमा प्रकाश देवकोटा चयन भएका छन् । देवकोटा वङ्गकंग विश्वविद्यालयमा विद्यावारिधि गरिरहेका छन् ।

अगस्ट २४ र २५ मा हान्नाम विश्वविधालय, देजनमा भएको साधारण सभाले सभापतिसहित सर्वसम्मत १३ जनाको १६ औॅ कार्य समिति निर्वाचित गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा क्षेत्र नं १ बाट सिरी सत्याल, क्षेत्र नं २ बाट प्रदीप सुवेदी, क्षेत्र नं ३ बाट युवराज डाँगी र क्षेत्र नं ४ बाट छबि लाल चौधरी चयन भएका छन् । त्यस्तै सचिवमा विशाल भण्डारी, सह–सचिवमा श्रीदेवी ज्ञवाली, कोषाध्यक्षमा राजाराम श्रेष्ठ र सदस्यहरुमा आनन्द बराल, ओम राज सापकोटा, चारु विष्ट, एलिशा भण्डारी र गोपाल लामिछाने चयन भएका छन् ।

नेपाली राजदूतावास सउलका कार्यवाहक राजदूत तथा उपनियोग प्रमुख राम सिंह थापाको प्रमुख आथित्यता रहेको उक्त कार्यक्रममा नारा कोरियाको सचिव केशव थापा, निडका शिक्षा पर्यवेक्षक जाङ्ग वन च्यांग, देजन अन्तर्राष्ट्रिय केन्द्रका प्रबन्धक चु ग्यवन, हान्नम विश्वविद्यालयका डिन जंग वन किम, हानिसा सदस्य प्रा. कि सुन बे, सोनसिक १५ औं कार्यसमितिका सल्लाहकारहरु, पूर्व सभापतिहरु, पूर्व पदाधिकारी तथा कोरियामा विभिन्न क्षेत्रमा कार्यरत नेपाली समुदायका व्यक्तित्वहरुको उपस्थित रहेको थियो।

कार्यक्रममा सोनसिकका पूर्व सभापतिहरु, पदाधिकारी तथा कोरियामा विभिन्न क्षेत्रमा कार्यरत नेपाली समुदायका व्यक्तित्वहरुकोसमेत उपस्थिति रहेको थियो । कार्यक्रममा कोरियामा रहेका नेपाली प्राध्यापक, विद्यार्थी, अन्वेषणकहरुको लेख रचना रहेको सोनसिकको ७ औं स्मारिका बिमोचन गर्नुका साथै सोनसिकलाई विभिन्न समयमा आर्थिक तथा प्राविधिक सहयोग गर्ने व्यक्तिहरु, सोनसिकका सल्लाहकारहरुलाई एवं कोरियाका विभिन्न विश्वविद्यालयबाट स्नाकोत्तर तथा विद्यावारिधिमा दीक्षित हुनेहरुलाई सम्मान प्रमाण पत्र वितरण गरिएको थियो ।

बोर्यङ्ग समुन्द्री तटमा आयोजना गरिएको शुभकामना आदानप्रदान तथा सांस्कृतिक पश्चात कार्यक्रम समापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस