२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि क्षेत्रमा लगानी बढाउँछौँ : मुख्यमन्त्री भट्ट

अ+ अ-

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कृषिसँगै औद्योगिक क्षेत्रमा लगानी बढाएर यहाँका किसानलाई धनी बनाउने बताएका छन् । प्रदेशभरिमै कृषि तथा औद्योगिक क्षेत्रको पर्याप्त विकास गरेर गरिब जनतालाई धनी बनाउने बताए।

क्षेत्रीय कृषि सेवा निर्देशनालय दिपायल राजपुरले आज आयोजना गरेको मुख्यमन्त्री कृषि तथा पशुपक्षी विकास कार्यक्रमको उद्घाटन कार्यक्रममा उनले प्रदेशमा ठूला उद्योग तथा कृषि कार्यक्रम सञ्चालन गरी नागरिकलाई प्रत्यक्षरूपमा रोजगारी दिने उद्देश्यले प्रदेश सरकार अगाडि बढिरहेको बताए । उनले भने, ‘प्रदेश सरकारले स्थानीय नागरिकलाई प्रत्यक्ष रोजगारी दिने तथा आयस्रोत बढाउने खालका योजना ल्याएको छ, उक्त कार्यक्रमले यहाँका गरिखाने वर्गलाई प्रत्यक्ष सहयोग मिल्ने छ ।’

त्यस्तै कृषिक्रान्तिलाई सफल पार्न सुदूरपश्चिममा औद्योगिक प्रवद्र्धन अत्यावश्यक रहेको बताउदै मुख्यमन्त्री भट्टले बेरोजगारी तथा कामका लागि भारत जाने समस्या समाधान गर्न कृषि तथा औद्योगिक क्षेत्रको विकास हुनु जरुरी भएको बताए । स्थानीय सरकार, प्रदेश सरकार र निजी क्षेत्रको साझेदारीमा साना जलविद्युत् आयोजना निर्माण गर्ने गरी प्रदेश सरकारले योजना बनाइरहेको उनको भनाइ थियो ।

त्यस्तै सरकारले कृषि क्षेत्रमा लगानी बढाउन थालेकाले जिल्लामा रहेका खाली जमिनको पनि किसानले सदुपयोग गरी उत्पादन बढाउनुपर्ने धारणा राखे। डोटीमा पनि मुख्यमन्त्री कृषि तथा पशुपक्षी कार्यक्रमको शुरुआत भएको क्षेत्रीय कृषि निर्देशनालय दिपायल राजपुरका प्रमुख यज्ञराज जोशीले बताए । उक्त कार्यक्रमअन्तर्गत यहाँका किसानलाई कृषिकार्य तथा पशुपक्षीपालनका लागि ऋण सहयोग मिल्ने भएको छ भने किसानले उत्पादन गरेका वस्तुको बजारीकरणका लागि पनि सरकारले सहयोग गर्ने लक्ष्य लिइएको छ ।रासस