६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली मास्क भारतीय बजारमा

अ+ अ-

कैलाली । कैलालीको टीकापुरमा उत्पादन भएको मास्क भारतीय बजारमा बिक्री हुन थालेको छ ।

विश्वभर कोभिड-१९ को सङ्क्रमण फैलिरहेका बेला बजारमा मास्क अभाव भएपछि सीमावर्ती भारतीय बजारबाट समेत मास्क खरिद गर्न टीकापुर आउन थालेका हुन् ।

टीकापुरमा महालक्ष्मी गार्मेन्टले उत्पादन गरेका मास्क थोकमा रु १५ मा बिक्री गर्न थालेपछि भारतीय नागरिक समेत मास्क खरिद गर्न नेपाल आउन थालेको उद्योगका सञ्चालक प्रकाश तिमिल्सिनाले बताए ।

‘दैनिक १० जनासम्म भारतीय नागरिक मास्क खरिद गर्न यहाँ आउन थालेका छन्’, उनले भने, “एक जनाले ५० वटासम्म लिएर जाने गरेका छन् ।’ उनले दैनिक तीन हजार मास्क उत्पादन गरिरहेको जानकारी दिए ।

‘पश्चिम नेपालका अधिकांश जिल्लाबाट मास्कको अर्डर आउन थालेको छ’, तिमिल्सिनाले भने, ‘हामीले अन्य काम रोकेर मास्क मात्र उत्पादन थालेका छौँ तर पनि माग पूरा गर्न सकिएको छैन ।’ मास्क उत्पादनमा ४० जना महिला कामदारलाई लगाइएको उनले बताए ।

उद्योगमा कार्यरत महिलाले दैनिक २०० सम्म मास्क उत्पादन गरिरहेको बताएका छन् । उद्योगमा कार्यरत महिलाले रोजगारीसँगै आर्थिकरुपमा महिलालाई सशक्त बनाउन सघाएको बताएका छन् ।

उद्योगमा मुख्य प्रशिक्षकबाहेकका सबै कामदार महिला छन् । कैलालीमा सर्जिकल मास्क अभाव छ । भएका व्यापारीले पनि ४० रुपैयाँ प्रतिपिस बिक्री गर्ने गरेको उपभोक्ताको गुनासो छ ।

‘मास्कका लागि लम्की बजारका धेरै मेडिकल धाए, तर पाउन सकेन’, लम्कीका राधेश्याम पाण्डेले भने, ‘पछि कपडा पसलमा मास्क पाए । मास्क लगाउँदा धुलो धुवाँबाट बच्न भए पनि सहयोग पुग्छ ।’

प्रतिक्रिया दिनुहोस