२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तेब्बर कैदीबन्दीले सङ्क्रामक रोगको जोखिम

अ+ अ-

बैतडी । जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा सङ्क्रामक रोगको जोखिम बढेको छ । पच्चिस जनाको क्षमता रहेको कारागारमा हाल ७५ कैदीबन्दी छन् । तीमध्ये ४२ कैदी र बाँकी थुनुवा रहेका कारागार प्रमुख अनिल तिवारीले जानकारी दिए ।

तेब्बर कैदीबन्दी हुँदा यहाँ सरुवा रोगको पनि जोखिम बढेको छ । भौतिक दूरी कायम हुने त कुरै छैन, कोरोनाको पनि जोखिम छ उनले भने, ‘कारागारभित्र ठाउँ नभएर टेन्ट हालेर राखेका छौँ, व्यवस्थापनमा निकै चुनौती छ ।’

‘कारागार भित्रैको कम्पाउन्डमा दुई टेन्ट हालेका छौँ, त्यसभित्र आठ शय्या लगाएर १३ जनालाई त्यहाँ बसोबासको व्यवस्था गरेका छौँ ।’ प्रमुख तिवारीले बताए, ‘व्यवस्थापनमा चुनौती थपिएको छ, ठाउँ अभावमा एउटै श्यामा तीन कैदीबन्दी सुत्ने गरेका छन्।’

कैदीबन्दीलाई शौचालय प्रयोग र सरसफाइका लागि समेत समस्या हुँदै आएको छ । उनीहरूमा कोरोना सङ्क्रमणको जोखिम बढेकाले बाह्य भेटघाट पनि बन्द गरिएको छ । ‘सबैले खोप लगाए पनि जोखिम बढ्ने भएकोले बाहिरी भेटघाट बन्द गरेका हौँ ।’ प्रमुख तिवारीले भने, ‘विशेष परिस्थिति तथा मुद्दासँग सम्बन्धित भेटघाट भए, ७२ घण्टाभित्रको पिसिआर रिपोर्ट र कोरोना खोप लगाएको कार्ड हेर्ने गरेका छौँ ।’

जिल्ला अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले पनि कारागारमा सङ्क्रामक तथा सरुवा रोगको जोखिम रहेको बताए । उनले भने,’थोरै मान्छे बस्नुपर्ने ठाउँमा बढी मान्छे लामो समयसम्म बस्दा जोखिम निकै हुन्छ ।’ यस्तो ठाउँमा क्षयरोग तथा श्वासप्रश्वास सम्बन्धी समस्या बढी देखिने सम्भावना हुन्छ ।

पुरानो र जीर्ण भवन पुनः निर्माण नहुँदा यहाँ सुरक्षा चुनौती पनि थपिएको छ । विसं २०४०मा निर्माण गरिएको कारागार पुनः निर्माण नहुँदा जीर्ण बनेको हो ।

नयाँ भवन निर्माणका लागि कारागार व्यवस्थापन विभागमा लागत अनुमानसहितको योजना पठाइए पनि कहिले बन्ने भन्ने टुङ्गो छैन । प्रमुख तिवारीले भने,’ नयाँ भवन बन्ने कुराको टुङ्गो लागेको छैन, रु चार करोडभन्दा बढीको लागत इस्टमेट गरेर पठाइएको थियो ।’ कारागार सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ ।