२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेनाको क्याप्टेन हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ

अ+ अ-

कास्की । नेपाली सेनाको क्याप्टेन हुँ भनी झुक्क्याई ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

पोखरा महानगरपालिका–१० अम्मरसिंहचोक बस्ने ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका–५ घर भएका ३८ वर्षीय अर्जुन कटुवाल भन्ने धन बहादुर परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

‍आफू नेपाली सेनाको क्याप्टेन रहेकोमा हाल मिसनको लागि विदेशमा रहेको, आफूसँग सेनाको ठुला ठुला मानिससँग चिनजान छ त्यसैले सिंगापुर पुलिस, नेपाली सेनाको सेकेन्ड लेप्टेन र सिपाही पदमा नोकरी लगाई दिन सक्छु भनी फेसबुकमा कुराकानी गरेर विश्वास दिलाई ३ जना व्यक्तिहरूबाट ९ लाख ७५ हजार १ सय ४० रुपैयाँ ठगी गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले परियारलाई पक्राउ गरेको हो ।

उनको साथबाट नेपाली सेनाको नक्कली परिचयपत्र, सेनाको सहसेनानी पदको दर्ज्यानी चिन्ह र चेस्ट लगाएको नेपाली सेनाले प्रयोग गर्ने चुस्ता १ सेट, हरियो ज्याकेट, बेल्ट, दाप सहितको खुकुरी, तुम्लेट, सेनाको लोगो भएको गेम ड्रेस र ट्रयाकसुट, विभिन्न व्यक्तिहरूको नामको उपसेनानी पदको उम्मेदवारहरूको फाराम, सिपाही पदको परिचयपत्र, खाली परिचयपत्रहरू र बा.८४ प६९८८ नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।

उनी उपर ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।