१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउवा काँग्रेस सभापतिको रूपमा भाजपा कार्यालयमा जानुभएको हो : परराष्ट्रमन्त्री खड्का

अ+ अ-

काठमाडौँ। पररराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवा भारतको सत्तारुढ दल भारतीय जनता पार्टीको कार्यालयमा जानु कूटनीतिक मर्यादा विपरीत नरहेको दाबी गरेका छन् । उनले काँग्रेस पार्टीको सभापतिको हिसाबले देउवा भाजपा कार्यालय गएको बताए ।

भारतबाट फर्केपछि विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. खड्काले भने, ‘यो (भाजपा कार्यालय भ्रमण) कूटनीतिक मर्यादाभित्र नरहेको भन्ने कुरा ठिक होइन । उहाँ प्रधानमन्त्रीको रूपमा नभएर नेपाली काँग्रेसको आदरणीय सभापति भएको नाताले भाजपा कार्यालय जानुभएको हो ।’

अन्य देशका पार्टीहरूसँग पनि काँग्रेसले मैत्रीपूर्ण सम्बन्ध राख्ने उल्लेख गर्दै डा. खड्काले चीनको कम्युनिस्ट पार्टीसँग पनि काँग्रेसको राम्रो सम्बन्ध रहेको बताए ।

‘पार्टी टु पार्टी सम्बन्ध विस्तारको नाताले जानुभएको हो,’ उनले भने ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ताका क्रममा देउवा पछाडिको कुर्सी खाली देखिएकोबारे पनि पत्रकारले जिज्ञासा राखेका थिए । परराष्ट्रमन्त्री खड्काले मोदीले भाषा अनुवादका लागि मात्रै पछाडि कर्मचारी राखेको बताए ।

‘मोदीले अङ्ग्रेजीबाट हिन्दीमा उल्था गरिदिनका लागि सहयोगी राख्नुभएको हो । भेटवार्तामा भएका कुराहरू हामी सबैले आआफ्नो तरिकाले नोट गरिरहेका थियौँ,’ उनले भने ।

परराष्ट्रमन्त्री खड्काले प्रधानमन्त्रीको भारत भ्रमण सफल भएको बताए ।

सीमासम्बन्धी विषयहरू आपसी छलफल र कूटनीतिक माध्यमबाट सम्बोधन गर्नुपर्नेमा प्रधानमन्त्री देउवाले जोड दिएको उनले उल्लेख गरे ।

प्रधानमन्त्री देउवा भने विमानस्थलको पत्रकार सम्मेलनमा सहभागी भएनन् । भ्रमणबारे परराष्ट्रमन्त्री खड्काले जानकारी गराएका थिए ।