१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाउँ फर्कनेको चापले अरनिको राजमार्गमा घण्टौँ जाम

अ+ अ-

भक्तपुर । आगामी शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न गाउँ फर्कनेको भीडका कारण अरनिको राजमार्ग खण्ड अस्तव्यस्त बनेको छ ।

मतदानका लागि आज बिहानैदेखि घर फर्कनेको दुई तथा चार पाङ्ग्रे सवारीसाधनको लर्को लागेपछि अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुरको सल्लाघारीदेखि काभ्रे धुलिखेलसम्मै घण्टौँ सडक जाम भएको छ ।

बिहानैदेखि बस स्टेसनमा बस चढ्न प्रतीक्षामा बसेकाको घुइँचो देखिन्थ्यो भने साना तथा ठुला गाडी रिजर्भ गरेर गाउँ फर्कने र सार्वजनिक यातायातमा गाउँ फर्कने सवारीसाधनको समेत एकै पटक चाप बढेपछि अरनिको राजमार्ग घण्टौँ जाम भएको हो ।

महानगरीय प्रहरी वृत्त जगातीका अनुसार आज बिहान ४ बजे देखिनै भक्तपुर हुँदै पूर्वतर्फ जाने यातायातको साधनको चाप ह्वात्तै बढेपछि सडक जाम भएको हो ।

आज दिनभरि नै सडक जाम हुँदा ट्राफिक व्यवस्थापनमा समस्या परेको प्रहरीले जानकारी दिएको छ ।

धुलिखेल अस्पताल जान थिमिबाट बिहान ८ बजे बस चढेका यात्रु ११ बजे मात्रै पुगेको भन्दै कम्तीमा दुई घण्टा जाममा परेको थिमि राधेराधेकी सन्तोषी खड्काले बताइन् ।

मोटरसाइकल, माइक्रोबस, सुमो र ठुला बस गरी आज मात्रै एक हजारभन्दा बढी यातायातका साधन पूर्वतर्फ गएको प्रहरीको भनाइ छ ।

काभ्रेबाट भक्तपुरतर्फ फर्किँदा समस्या नभए पनि काभ्रेतर्फ जाने सडक जाम भएपछि च्यामासिंह, ताथली नाला हुँदै बनेपा निस्कने गरी सवारीसाधनलाई डाइभर्सन गरिएको छ ।

दुईतर्फी बाटोबाट यातायातका साधन पठाए पनि सडक जाम भने दिउँसो २ बजेसम्म उत्तिकै रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस