११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टेलिकमका चार हजार कर्मचारी प्रतिनिधि सञ्चालक सदस्य चुन्दै

अ+ अ-

काठमाडौँ । नेपाल टेलिकमको कर्मचारी प्रतिनिधि सञ्चालक समिति सदस्यको निर्वाचनका लागि आज मतदान भइरहेको छ ।

कर्मचारी प्रतिनिधि सञ्चालक छनोटका लागि भएको निर्वाचनमा विभिन्न कर्मचारी सङ्गठन र कर्मचारीकातर्फबाट प्रतिनिधित्व गर्दै आठ जना चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचनमा वीरेन्द्रलाल जोशी, बृजेश शर्मा, भावेशकुमार कर्ण, यादवप्रसाद पनेरु, रञ्जित लोहिया, शङ्कर लामिछाने, सुनिलकुमार मिश्र र सुभाष साहले उम्मेदवारी दिएका छन् ।

लामिछानेलाई नेपाल टेलिकम वर्कस युनियनको समर्थन रहेको छ भने पनेरुलाई नेपाल दूरसञ्चार कर्मचारी सङ्घको समर्थन रहेको छ । तीन हजार ८०० भन्दा बढी कर्मचारी मतदाता रहेको निर्वाचन सात वटै प्रदेशबाट भइरहेको छ ।

राजधानी उपत्यकाका तीन स्थान काठमाडौँको भद्रकालीप्लाजास्थित टेलिकमको केन्द्रीय कार्यालय परिसर, ललितपुरको पाटन र भक्तपुरको गठ्ठाघरमा मतदान भइरहेको छ । त्यस्तै उपत्यका बाहिरका सम्बन्धित प्रदेशस्थित कार्यालयमा मतदान प्रक्रिया भइरहेको टेलिकमले जनाएको छ ।

टेलिकमको आठ सदस्यीय सञ्चालक समितिमा कर्मचारीकातर्फबाट एक, शेयर होल्डरमध्येबाट एक, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट दुई, अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मन्त्रालयबाट समान एक÷एक र टेलिकमको प्रबन्ध निर्देशकको प्रतिनिधित्व रहने व्यवस्था छ ।

सञ्चार मन्त्रालयका सचिव टेलिकम सञ्चालक समितिको अध्यक्ष रहन्छन् । टेलिकमभित्र तीन कर्मचारी सङ्गठन सक्रिय छन् । उम्मेदवारमध्ये लामिछाने र पनेरु बलियो प्रतिस्पर्धी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस