१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानमा बाढीका कारण ५७ जनाको मृत्यु, ७ हजार ६८३ घाइते

अ+ अ-

इस्लाम्वाद । पाकिस्तानमा पछिल्लो २४ घण्टामा मनसुनी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा ५७ जनाको मृत्यु हुनुका साथै सात हजार ६८३ जना घाइते भएका राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए)ले जनाएको छ ।

एनडीएमएले शुक्रबार साँझ सार्वजनिक गरेको प्रतिवेदनअनुसार बाढीका कारण देशभर भएका विभिन्न दुर्घटनामा परी कम्तीमा १७ बालबालिका र १८ महिलाको मृत्यु भएको छ ।

यो अवधिमा देशको दक्षिणी सिन्ध प्रान्तमा ३८ जनाको मृत्यु हुनुका साथै सात हजार २०४ जना घाइते भएका छन् । बाढी र डुवानका कारण उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा १७ जनाको मृत्यु भएको छ भने अन्य क्षेत्रमा दुई जनाको मृत्यु भएको छ । बर्षाका कारण पूर्वी पञ्जाब प्रान्तमा ४७१ जना घाइते भएका छन् ।

त्यस्तै यो अवधिमा तीन लाख २० हजार ६८० घर नष्ट भएका छन् भने तीन हजार ७६६ पशुचौपाया नष्ट भएका छन् ।

पाकिस्तानमा यस वर्षको मनसुनी वर्षा र बाढीका कारण गत जुन महिनाको मध्यदेखि अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार २६५ पुगेको छ भने १२ हजार ५७७ जना घाइते भएका छन् ।

एनडीएमएका अनुसार सङ्कट सुरु भएदेखि अहिलेसम्म एक लाख ६९ हजार ६७६ जनाको उद्धार गरिएको छ भने छ लाख २७ हजार ७९३ जना शिविरमा बसिरहेका छन् ।

यसबाहेक १४ लाख २७ हजार ३९ घर नष्ट भएका छन् भने सात लाख ३५ हजार पाँच सय ८४ पशुचौपाया मरेका छन् । बाढी प्रभावित क्षेत्रमा एनडीएमए, अन्य सरकारी संस्था, स्वयंसेवक र गैरसरकारी संस्थाहरूद्वारा उद्धार र राहत वितरण कार्यलाई जारी राखिएको छ ।

प्रतिक्रिया दिनुहोस