२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्किङमा रहेका जहाजबाट आपत्कालीन सिग्नल आउन थालेपछि…

अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य अवस्थामा रोकिराखेका जहाजबाट समेत आपत्कालीन अवस्था जनाउने सिग्नल आउन थालेसँगै प्राधिकरणले वायुसेवा कम्पनीहरुलाई सचेत बनाएको छ ।

प्राधिकरणका अनुसार विमानस्थलको पार्किङमा रोकिराखेका जहाजबाट त्रिभुवन विमानस्थलस्थित उद्धार तथा समन्वय केन्द्र (आरसीसी) मा यस्तो सिग्नल बारम्बार आउन थालेसँगै वायुसेवा कम्पनीहरुलाई सचेत गराइएको छ । प्राधिकरणले अघिल्लो साता सबै वायुसेवा कम्पनीलाई यसबारे सचेत गराउँदै सूचना निकालेको छ ।

प्राधिकरणका एक अधिकारीका अनुसार वायुयानमा रहेको यस्तो सूचना दिने डिभाइसलाई पाइलटले थिच्दा आपत्कालीन सूचना दिने सिग्नल सेन्टरमा पुग्ने गर्छ । यस्तो सिग्नल आउँदा सेन्टरले जहाजको अवस्थाबारे तत्काल सोधखोजमा लाग्नु पर्ने हुन्छ । तर, पछिल्लो समय जहाज सरसफाइका क्रममा सफाइ कर्मचारीबाट त्रुटिबस यो डिभाइस थिचिँदा आपत्कालीन अवस्थाको सिग्नल सेन्टरमा पुग्ने गरेको हो ।

विमानस्थलमा रहेको सेन्टरमा भारतको बैंग्लौरस्थित स्याटलाइटले स्थान ‘लोकेट’ गरेर जहाजबारे सूचना पठाउने गर्छ । तर, कुनै पनि समस्या नै नरहेका जहाजबाट बारम्बार यस्तो सिग्नल आएपछि प्राधिकरणले वायुसेवा कम्पनीहरुलाई गम्भीर हुन सचेत गराएको हो । ईएलटीको सहायताबाट जहाज दुर्घटनामा परेमा त्यसको अवस्थिति पत्ता लगाउन सहयोग गर्छ । यो सिग्नल सक्रिय हुनु यात्रु र जहाज गम्भीर अवस्थामा छन् भन्ने अवस्थाको जनाउ हो ।

प्राधिकरणको फ्लाइट सेफ्टी स्टाण्डर्ड डिपार्टमेन्टले भुलवश सो डिभाइस थिचिएको भए त्यसबारे तत्काल सूचना दिन समेत भनेको छ । साथै यस्तो घटना भएमा आन्तरिक अनुसन्धान गरी तीन दिन भित्र प्रतिवेदन बुझाउन समेत विभागले सचेत गराएको छ ।