६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल र भारतबीचको सम्बन्ध अझै विस्तार हुनुपर्छ : उपराष्ट्रपति पुन

अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले आगामी दिनमा नेपाल र भारतबीचको सम्बन्ध आपसी हितका विविध क्षेत्रमा अझै व्यापक र विस्तार गर्नुपर्ने बताएका छन् । 

शिक्षाप्रेमी महामना मदन मोहन मलवीयको १६१ औँ जन्मजयन्तीको अवसरमा महामना मालवीय मिसन-नेपालले यहाँ आज आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति पुनले नेपाल र भारतबीच सदियौँदेखि निकै पुरानो सम्बन्ध रहेको र त्यसलाई अझै बहुआयामिक र मैत्रीपूर्ण बनाउनुपर्नेमा जोड दिए । 

उनले नेपाल र भारतको सम्बन्ध जनस्तरसम्ममा पनि अत्यन्त प्रगाढ र विशिष्ट प्रकारको रहेको बताउँदै  सम्बन्धले थप विकास र थप उचाइ लिने विश्वास व्यक्त गरे । उपराष्ट्रपति पुनले नेपालमा पनि हिन्दु विश्वविद्यालय खोल्ने सन्दर्भमा थप पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मदन मोहन मालवीय एक असल शिक्षक, पत्रकार, कानून व्यवसायी, प्रखर वक्ता एवं वार्ताकार तथा राजनेताका रूपमा मित्रराष्ट्र भारतमा मात्रै नभई दक्षिण एसियामा नै चिरपरिचित रहेका थिए । उपराष्ट्रपति पुनले मालवीयले समाजका निर्धन, निमुखा र पिछडिएको तप्कालाई पुर्‍याएको सेवा, समर्पण अविस्मरणीय र प्रेरणादायी रहेको बताउँदै मालवीयले मानव स्वतन्त्रताका लागि दिएको योगदानको चर्चा गरे ।

बनारस हिन्दु विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गर्दै स्वदेशको सेवा गर्ने नेपालीको सङ्ख्या उल्लेखनीय रहेको चर्चा गर्दै उपराष्ट्रपति पुनले सो विश्वविद्यालय नेपाल भारतबीच मित्रताको विम्ब र कडीका रूपमा स्थापित रहेको बताए । उनले नेपालको सर्वाङ्गीण विकासमा बनारस हिन्दु विश्वविद्यालयले प्रत्यक्ष, अप्रत्यक्ष रूपमा पुर्‍याएको योगदानको प्रशंसा गरे ।

प्रतिक्रिया दिनुहोस