१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय उत्पादनलाई प्राथमिकता : मुख्यमन्त्री अधिकारी

अ+ अ-

गलकोट । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आत्मनिर्भरका लागि स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ नेपालको बागलुङमा आज आयोजित तेस्रो क्याबिनेट बैठकलाई सम्बोधन गर्दै उनले स्थानीय उत्पादनको प्रयोगलाई बढाउँदै लैजान सके मात्र आत्मनिर्भरको बाटोमा नेपाल जान सक्ने धारणा व्यक्त गरे ।

उनले नेपालमा समेत पुष्प खेती फस्टाउँदै आएकाले नेपालमा उत्पादन भएको फूलको माला प्रयोग गर्न कार्यक्रममा सहभागीलाई आग्रह गरे । उनले देशमै उत्पादन भएका वस्तुको प्रयोग गर्न सबैमा आग्रह गर्दै फजुल खर्च र समयको सदुपयोग गर्न सकेमा मात्रै समृद्ध नेपालको बाटोमा जान सकिने बताए ।

‘सार्वजनिक कार्यक्रममा एक घण्टाभन्दा बढी खर्च नगर्ने निर्णय लिएको छु, कार्यक्रममा प्रयोग भएका माला तथा खादा स्वदेशी मात्रै प्रयोग गर्न आयोजकलाई भन्दै आएको छु, लायन व्यावसायिक हुन्छन्, आत्मनिर्भरका लागि देशमै उत्पादन भएका वस्तुको प्रयोगमा जोडिदिऔँं’, अधिकारीले भने, ‘आत्मनिर्भरका लागि आयातमा रोक लगाउने होइन हाम्रो सोच बदल्ने हो, स्थानीय उत्पादनलाई प्राथमिकता दिने हो ।’

उनले सार्वजनिक कार्यक्रममा धेरै समय खर्च गर्दा जनताका अन्य काममा बाधा पुग्ने जनाउँदै सार्वजनिक कार्यक्रमलाई छोटो बनाउन आयोजकलाई आग्रह गर्दै आइराखेको बताए । गण्डकी प्रदेश सरकारले आत्मनिर्भरका लागि विभिन्न योजना ल्याउन थालेको उल्लेख गर्दै लायनसँग सहकार्य गर्दै प्रदेश सरकारका योजना अगाडि बढाउने बताए ।

प्रतिक्रिया दिनुहोस