२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महन्थ ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी 

अ+ अ-

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउनबारे छलफल सुरु गरेको छ । 

दलहरुबीचमा राष्ट्रपति कुन पार्टीबाट बनाउने भन्ने छलफल चलिरहेका बेला लोसपामा पनि अध्यक्ष ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउनेबारे छलफल सुरु भएको हो । 

राष्ट्रपतिको विषयमा छलफल गर्न सत्तारुढ दलहरूको उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बसेर निर्णय गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सहमति भएको छ । बुधबार ओली निवासमा बालकोटमा दुई नेताबीचको भेटवार्तामा यस्तो सहमति भएको हो । 

यसैबीचमा लोसपाले अध्यक्ष ठाकुरलाई राष्ट्रपतिको उम्मेदवारमा अघि सार्ने जनाएको छ । पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीले राष्ट्रपतिमा साझा व्यक्ति हुनुपर्ने भएकाले त्यसका लागि ठाकुर उपयुक्त रहेको बताए । 

राष्ट्रपति देशको अभिभावक, संविधानको रक्षक भएकाले त्यसमा पार्टीले ठाकुरलाई उपयुक्त पात्रका रूपमा देखेको उनले बताए । पार्टीमा ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउन कुनै समस्या नरहेको तर त्यसका लागि दलहरुबीचमा सहमति हुनुपर्ने बताए । 

हालसम्म कुनै दलसँग यस विषयमा छलफल नभएको बताउँदै उनले आफ्नो राष्ट्रपतिबाट ठाकुरलाई राष्ट्रपतिको उम्मेदवारमा प्रस्ताव गर्ने बताए । दलहरूको छलफलमा ठाकुरको प्रस्ताव लगिने भन्दै उनले त्यसमा सहमतिको प्रयास पनि गरिने बताए । 

भण्डारीले दलहरुबीच सहमति भए ठाकुर सबैको साझा उम्मेदवार हुने बताए । लोसपाका अध्यक्ष ठाकुर काँग्रेसबाट विद्रोह गरेर तराई मधेस लोकतान्त्रिक पार्टी खोलेपछि सो पार्टी पटक-पटक सरकारमा गएको छ । 

ठाकुरले आफू धेरै पटक मन्त्री भएकाले अब मन्त्री नभई प्रधानमन्त्री वा राष्ट्रपतिमा बन्ने धारणा राख्दै आएका छन् । यसअघि पनि ठाकुर राष्ट्रपतिमा चर्चा र छलफल हुने गरेपनि यो पटक भने पार्टीले नै औपचारिक रूपमा प्रस्ताव लाग्ने तयारी गरेको छ । 

सत्तारुढ गठबन्धनबाट राष्ट्रपतिमा नेकपा एमालेले दाबी गर्दै आएको छ । पुस १० गते सत्ता गठबन्धनका नेताहरुबीच प्रधानमन्त्रीमा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आलोपालो गर्ने र राष्ट्रपति एमालेलाई दिने सहमति भएको थियो । 

सोही अनुसार एमालेले राष्ट्रपतिमा दाबी गर्दै आएको छ भने प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमतिमा राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने भन्दै आएको छ । 

यस्तै नेपाली काँग्रेसले पनि राष्ट्रपतिमा आफूले पाउनुपर्ने भन्दै दाबी गर्दै आएको छ । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको काँग्रेसले आफूले राष्ट्रपति पाउनेमा विश्वस्त देखिन्छ । 

यस्तै राष्ट्रपतिको उम्मेदवार  गैरदलीय व्यक्तिलाई बनाउने पर्ने पनि नेताहरुबीच चर्चा चलिरहेको छ ।  लोसपाले भने साझा उम्मेदवारको रूपमा अध्यक्ष ठाकुरलाई अघि सार्ने भएको छ ।