२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीसँग अर्थमन्त्री पौडेल र रवि लामिछानेको भेट

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् । आज (सोमबार) बिहान छुट्टाछुट्टै समयमा उनीहरूले प्रधानमन्त्रीलाई भेटेका हुन् ।

आइतबार बेलुकी मात्रै नेपाली काँग्रेसका सभापतिसहित पदाधिकारीको टोलीले प्रधानमन्त्रीसँग भेट गरी राष्ट्रपतिमा सघाउन आग्रह गरेका थिए । सभापति लामिछानेले राष्ट्रपतिको चुनावको विषयमा अपडेट लिन आज बिहानै प्रधानमन्त्रीसँग भेट गरेको रास्वपाका एक नेताले बताए । उनले पार्टीको सभापति र गठबन्धनको एक घटक भएको नाताले राष्ट्रपति निर्वाचनको विषयमा चासो लिनु स्वभाविक भएको बताएका छन् ।

त्यस लगत्तै पौडेल र लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग छलफल गरेको स्रोतले बताएको छ । छलफलबारे बालुवाटारले कुनै कुरा सार्वजनिक गरेको छैन । माओवादीको आजै पदाधिकारी बैठक बस्दै छ । अपराह्न बस्ने बैठकमा काँग्रेसबाट आएको प्रस्तावबारे प्रचण्डले छलफल गर्ने बताइएको छ ।