७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब इन्टरनेट र मोबाइलमा समस्या आए क्षतिपूर्ति पाइने

अ+ अ-

काठमाडौँ । अब इन्टरनेट तथा मोबाइल नेटवर्कमा समस्या आएमा क्षतिपूर्ति पाइने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले तोकेको गुणस्तर नभएमा मोबाइल तथा इन्टरनेट सेवा प्रदायकले आफ्ना ग्राहकलाई क्षतिपूर्ति दिनुपर्ने भएको हो ।

प्राधिकरणले दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली २०७९ पारित गर्दै क्षतिपूर्ति दिनुपर्ने व्यवस्था गरेको हो । विनियमावलीको ११ नम्बर बुँदामा क्षतिपूर्तिको व्यवस्था गरिएको छ ।

‘यस विनियमावलीमा तोकिएकोभन्दा बढी समय नेटवर्क नचलेर सेवा प्रदान गर्न नसकेको अवस्थामा सम्बन्धित ग्राहकले आफूलाई परेको असुविधाबापत सेवा प्रदायकबाट क्षतिपूर्ति मागदाबी गरेमा सम्बन्धित सेवा प्रदायकले ग्राहकलाई दूरसञ्चार सेवा शुल्कबापतको उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्नेछ । ग्राहकले मोबाइल डाटा/भ्वाइस प्याकेज सेवा खरिद गरेको तर उक्त प्याकेजको अवधिमा सेवा प्रदायकको नेटवर्क डाउन भई ग्राहकले सेवा प्राप्त गर्न नसकेको बखत निज ग्राहकले सम्बन्धित सेवा प्रदायकबाट क्षतिपूर्ति दाबी गरी माग गरेमा सेवा शुल्कबापतको उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्नेछ । फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट सेवाको हकमा यस विनियमावलीमा तोकिएकोभन्दा बढी समय नेटवर्क नचलेर सेवा प्रदान गर्न नसकेको अवस्थामा ग्राहकलाई परेको असुविधाबापत सम्बन्धित ग्राहकलाई क्षतिपूर्ति स्वरूप मनासिब महसुलमा दामासाहीले मिनाहा गर्ने वा सोहीबमोजिम सेवाको अवधि निःशुल्क थप गरी सम्बन्धित ग्राहकलाई जानकारीसमेत गराउनु पर्नेछ’, विनियमावलीको ११ नम्बर बुँदाको उपविनियमको १, ३ र ४ मा उल्लेख छ ।

तर, सेवा प्रदायकको काबु बाहिरको परिस्थितिमा यस उपविनियम ९१० बमोजिमको प्रावधान लागू हुनेछैन ।

विनियमावली २०८० वैशाख १ गतेदेखि लागू हुनेछ ।

तोकिएकोभन्दा बढी समय नेटवर्क नचलेर सेवा प्रदान गर्न नसकेको अवस्थामा सम्बन्धित ग्राहकले आफूलाई परेको असुविधाबापत सेवा प्रदायकबाट क्षतिपूर्ति माग दाबी गर्न सक्नेछन् । विनियमावली अनुसार इन्टरनेट डाउनलोड वा अपलोड हुनेदर ८० प्रतिशतभन्दा बढी हुनुपर्नेछ ।

यस्तै फोरजीको प्रयोगकर्ताको डाउनलोड १५ एमबीपीएस, अपलोड ७।५ एमबीपीएस, थ्रिजी प्रयोगकर्ताको डाउनलोड ३ एमबीपीएस र अपलोड १।५ एमबीपीएस हुनुपर्नछ ।

प्राधिकरणले दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली २०७९ जारी गरेसँगै यसअघिको दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली २०७३ खारेज भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस