१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु

अ+ अ-

काठमाडौँ । उदयपुरको रौतामाई गाउँपालिकामा भएको आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ ।

शुक्रबार साँझ भएको आगलागीमा परी रौतामाई गाउँपालिका–८ पाँबुका रामबहादुर मगरको छ वर्षीया छोरी जस्मिन र दुई वर्षीय छोरा रोजन मगरको मृत्यु भएको हो ।

रामबहादुरको माटो र ढुङ्गाले बनेको दुईतले घरमा आगलागी हुँदा दुई छोराछोरीको मृत्यु भएको स्थानीय टेकराज रिखाम मगरले जानकारी दिए । “हामी दुवै जना सडक निर्माणका लागि गएका थियौँ, घरमा अभिभावक कोही नभएको बेला आगलागी भएको हो”, मृतकका बुबा रामबहादुर मगरले भने ।

स्थानीय शिक्षक गौरवबहादुर मगरका अनुसार घटना भएलगत्तै दुवै जनाको बेहोस भएका थिए । उनीहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल गाईघाट लगिएको थियो । जिल्ला प्रहरी कार्यालयको टोली र इलाका प्रहरी कार्यालय भुट्टारको टोली घटनास्थल पुगेर घटनाका विषयमा अनुसन्धान गरिरहेको छ । घटनामा मानवीय क्षतिसँगै घरमा भएका सबै सामग्री जलेर नष्ट भएका छन् ।

आगलागीमा मगरको अन्नपात, लत्ताकपडा, भाँडा वर्तन सबै जल्दा करिब रू १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो स्थानीय र प्रहरीले साँझ ६ बजे नियन्त्रणमा लिएको थियो । घटनास्थल सदरमुकामबाट करिब ४५ किलोमिटर र भुट्टारबाट छ किलोमिटर टाढा रहेको छ । विद्युत् सर्ट भई आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस