२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठगी गरेको आरोपमा पृथ्वी शाहसहित ६ जना जेल चलान

अ+ अ-

काठमाडौँ । विदेशी नागरिकलाई ठगी गरेको रकम नेपाल भित्र्याएको आरोपमा पक्राउ परेका विवादास्पद व्यापारी पृथ्वीबहादुर शाहसहित ६ जना पुर्पक्षका लागि जेल चलान भएका छन्। 

ठगी, सङ्गठित अपराध तथा लिखतसम्बन्धी कसुर मुद्दामा पक्राउ परेका सातमध्ये ६ जनालाई जिल्ला अदालत काठमाडौँले थुनामा पठाउने आदेश दिएको हो। 

शाहसहित उनका भाइ विजयविक्रम शाह, अनुप खड्का, चक्रबहादुर खत्री, रुक्मागत काफ्ले र रङ्गबहादुर साउद जेल चलान भएका हुन्। पक्राउ परेकी विनीता तामाङसँग भने अदालतले ५० हजार रुपैयाँ धरौटी माग गरेको छ। 

अछाम स्थायी घर भएका शाहले विदेशी नागरिकलाई ठगी गरेको रकम विभिन्न कम्पनीका नाममा नेपाल ल्याएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो। 

यसरी ३८ करोड ८६ लाख रुपैयाँ ल्याएर उनले खर्च गरेका थिए। उनले त्यसरी ल्याएको थप रकम राष्ट्र बैंकले अनुसन्धानका लागि भन्दै लामो समय रोक्का राखेपछि यो प्रकरण बाहिर आएको थियो। राष्ट्र बैंककै पत्राचारका आधारमा उनीहरू पक्राउ परेका हुन् । यो घटनामा अन्य १३ जनाविरुद्ध फरार प्रतिवादीका रूपमा अभियोजन दर्ता भएको छ। 

अन्तर्राष्ट्रिय गिरोहसँग मिलेर अपराधको पैसा उनले कम्पनीका नाममा भित्राएको सिआइबीले जनाएको छ।