९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फेसबुकमा गाली गरेर होइन, एजेण्डासहित वैकल्पिक राजनीति गरौँ : प्रधानमन्त्री

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैकल्पिक शक्तिका रूपमा आउन चाहनेलाई देशको भविष्यसँग सम्बन्ध राख्ने राजनीतिक एजेण्डा लिएर आउन आग्रह गरेका छन् ।

गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापित जीपी कोइराला मेमोरियल सामुदायिक कलेजको १२औँ स्थापना दिवस तथा गिरिजाप्रसादको जन्मशताब्दीका सन्दर्भमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले वैकल्पिक शक्ति बन्नका लागि फेसबुकको गालीलाई एजेण्डा बनाएर नहुने बताए ।

“हामीभन्दा राम्रो विचार बोकेर, हामीभन्दा धेरै त्याग र बलिदानी गरेर वा गर्न तयार भएर कोही राजनीतिमा आउँछ भने हामी स्वागत गर्छौँ । हामीले भन्दा राम्रा मुद्दा बोकेर जनताको मन कसैले जित्छ भन्ने हामी ठाउँ छोड्न पनि तयार छौँ,” प्रधानमन्त्रीले भने, “तर, फेसबुकमा गाली गर्नु राजनीतिक एजेण्डा हुन सक्दैन ।”

प्रधानमन्त्रीले राजनीति गर्नेले सङ्घर्ष र बलिदानी पनि गर्न तयार हुनुपर्ने भन्दै जनताका लागि त्याग नगर्नेले फेसबुकबाट गाली गरेर वैकल्पिक राजनीति नहुने बताए । उनले पछिल्लो पुस्तालाई योगदानको कदर गर्न सिकाउनुका साटो अपमान गर्न सिकाउने प्रयास भएको बताए ।

परिस्कृत राजनीतिको साटो विकृत राजनीतिले देशको हित पनि नगर्ने उनले बताए । संविधानको रक्षा र कार्यान्वयनका लागि आफू आउनै पर्छ भन्ने भएर आफू प्रधानमन्त्री बनेको बताएका प्रचण्डले राजनीतिक विकृतिले नागरिकमा भने निराशा ल्याएको बताए ।

“राजनीतिमा देखिएका तमाम विकृतिले जनतामा निराशा ल्याएकै छ । त्यो निराशा चिर्न हाम्रा कमी कमजोरी सुधार्दै केही गरेर देखाउनु पर्छ । यसपटक म त्यसकै निम्ति प्रधानमन्त्री बनेको हुँ,” प्रधानमन्त्रीले भने, “प्रधानमन्त्री बन्ने अवस्था नहुँदा बीचमा केही तलमाथि पनि भए । म जसरी पनि बन्नुपर्छ भनेर लागेकै हुँ ।”

उनले संविधानको भावनाअनुरूप यसको कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता र नागरिकमा रहेको निराशा घटाउनु आफ्नो लक्ष भएको बताए ।

प्रतिक्रिया दिनुहोस