२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाकाली पुल सुदूरपश्चिम समृद्धिको मेरुदण्ड : मन्त्री ज्वाला

अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल सुदूरपश्चिम प्रदेशको समृद्धिको मेरुदण्डका रूपमा रहेको बताएका छन् ।

महाकाली पुलको आज यहाँ स्थलगत निरीक्षण गर्दै मन्त्री ज्वालाले पुल निर्माणपछि मुलुकको आर्थिक विकासमा ठूलो टेवा पुग्ने बताए । “पुलसँगै दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बन्ने कुरा अगाडि बढिसकेको छ”, उनले भने, “यसलाई देशकै प्रमुख नाकाका रूपमा सञ्चालन गर्छौ ।” 

मन्त्री ज्वालाले महाकाली पुल बहु उपयोगी र शारदा व्यारेजको विकल्पका रूपमा रहेको बताए । “यसले नेपाल-भारतलाई जोड्नुका साथै पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण छ”, उनले भने, “पुलले महाकाली पारीको गाउँलाई पनि देशको मूलधारसँग जोड्ने छ ।” पुल निर्माणका लागि कुनै पनि समस्या हुन नदिने मन्त्री ज्वालाले प्रतिबद्धता जनाए । पुल निर्माणको काम बजेट अभावले नरोकिने उनको भनाइ थियो ।

निर्माण कम्पनी कुमार श्रेष्ठ सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले बजेट अभावले निर्माणको काम प्रभावित नहुने बताए । “पुलको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ”, उनले भने, “पुलसँगै बन्ने पहुँच मार्ग र पुलको दुवैतर्फ पोखरी निर्माणाधीन छन् ।” चार लेनको उक्त पक्की पुललाई दोधारा चाँदनीमा निर्माण हुन लागेको सुक्खा बन्दरगाहको पूर्वाधारका रूपमा हेरिएको इन्जिनियर पाण्डेले बताए । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका बेला सुक्खा बन्दरगाहको काम तीन वर्षभित्र सक्ने सम्झौता भएको छ । भारतले निर्माण गर्ने सुक्खा बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण अन्तिम चरणमा छ । सुक्खा बन्दरगाह निर्माणपछि दोधारा चाँदनीसँगै सुदूरपश्चिमकै समग्र आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।