११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१६ सिडिओ र एक महानिर्देशकसहित २५ सहसचिवको सरुवा 

अ+ अ-

काठमाडौँ । दर्जन बढी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रवार(आज) १६ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित २५ जना सहसचिवहरुकोको सरुवा तथा पदस्थापन गरेको हो ।

मन्त्रालयले पाल्पा, कपिलवस्तु, सुर्खेत, भोजपुर, उदयपुर, मोरङ, पर्सा, रौतहट, गोरखा, कैलाली, नवलपरासी(पश्चिम), बैतडी, बर्दिया, सल्यान, सिन्धुली र स्याङ्जा जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गर्दै रिक्त जिल्लाहरुमा पनि सरुवा तथा पदस्थापन गरेको छ ।

प्रशासनलाई प्राप्त विवरणअनुशार चर्चित सहसचिव प्रेम प्रसाद भट्टराई मोरङको सिडिओ भई गएका छन् भने त्यहाँका वीरेन्द्र कुमार यादव गृह मन्त्रालय ल्याइएको छ । भट्टराई मंसिर पहिलो साता गृह प्रवेश गरेका थिए । त्यसैगरी सोही लटमा अर्थ र सामान्यबाट गृह पुगेका आनन्द काफ्ले र नारायण प्रसाद अर्याललाई पाल्पा र प्युठानको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।   

यसैगरी राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयबाट सरुवा भई आएका भरत खनाललाई सिन्धुलीको प्रजिअ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट आएका भोला दाहाललाई जिल्ला प्रशासन कार्यालय गोरखाको प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ । सोही लटमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आएकी स्किम श्रेष्ठ भने मन्त्रालयमै पदस्थापन भएकी छिन् । 

सम्बन्धित समाचार : ७१ जना सहसचिवको सरुवा (नामावलीसहित)

राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका महानिर्देशक झक्क प्रसाद आचार्य सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएको छ । 

हेर्नुहोस् सूची 

प्रतिक्रिया दिनुहोस