२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यौन व्यवसाय सञ्चालन गर्ने दम्पती पक्राउ

अ+ अ-

काठमाडौँ । यौन व्यवसाय सञ्चालन गर्ने दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा गल्याङ नगरपालिका-७ का वर्ष ३५ का टिकाराम भण्डारी र उनकी श्रीमती वर्ष ३१ की अस्मीता भण्डारी, रिया वली भन्ने टिका कुमारी वली रहेका छन् ।

मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले उनीहरूलाई कञ्चनपुर जिल्लाको सीमा इलाकाबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौँमा पेस गरेको छ । भण्डारी दम्पतीले भारतको दिल्ली स्थित विभिन्न होटेल, रेस्टुरेन्ट, फेन्सी पसलमा आकर्षक काम पाइने र कमाई समेत राम्रो हुने प्रलोभन देखाई नेपालबाट भारतको दिल्ली पुर्‍याई बेश्याबृत्तिमा लगाउने गरेको प्रहरीले जनाएको छ । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाद पगेनीका अनुसार उनीहरूले आफैले भाडामा लिएको अपार्टमेन्टमा राखी यौन क्रियाकलापमा लगाउने गरेको अनुसन्धानमा खुलेको छ ।

भण्डारी दम्पतीले वेबसाइट मार्फत अनलाइन बेश्याबृत्तिको-याकेट चलाउने गरेको पाइएको छ । ह्वाट्सएप ग्रुप बनाई सम्पर्कमा आएका ग्राहकहरूले अनलाइन पेमेन्ट गरिसकेपछि ग्राहकले भनेको स्थानमा युवतीहरूलाई पठाउने गरेको खुल्न आएको प्रवक्ता पगेनीले बताए ।

बेश्याबृत्तिको लागी भाडामा लिएको अपार्टमेन्टमा सिसी क्यामेरा जडान गर्नुका साथै पीडितहरूलाई नयाँ मोबाइल, भारतीय सिम समेत उपलब्ध गराई ह्वाट्सएप, फेसबुक आई.डी. बनाई पासवर्ड आफैले राखी अनलाइन निगरानी गर्ने गरेको पाइएको छ ।
बेश्याबृत्तिबाट कमाई भएको ८०% रकम भण्डारी दम्पतीले लिने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका अभियुक्तहरूले भारत पुर्‍याएका ९ जना युवतीहरूलाई ब्युरोको समन्वयमा उद्धार गरिएको छ ।

गत चैत्रमा उनीहरू विरुद्ध ६ वटा मुद्दा दर्ता भएकोमा ३ जना प्रतिवादीहरू पक्राउ परी हाल पुर्पक्षको लागी कारागारमा थुनामा रहेको प्रहरीले जनाएको छ ।

दिल्ली स्थित नेपाली दूतावास, भारतीय प्रहरी तथा केआइएन सँगको समन्वय र सहयोगमा दिल्लीबाट ५ जना थप पीडितहरूको उद्धार गरी नेपाल ल्याई हाल सुरक्षित आवास गृहमा राखिएको छ ।