२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इतिहास मात्रै पढ्ने इन्जिनियरले समाज बदल्न सक्दैन : मुख्यमन्त्री कार्की 

अ+ अ-

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले इन्जिनियरिङको इतिहास मात्रै पढ्ने इन्जिनियरले समाज बदल्न नसक्ने बताएका छन् । 

शनिबार विराटनगरमा नेपाल इञ्जिनियर एसोसिएसन कोशी प्रदेशको कार्यालय भवन उद्घाटनपछि मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका इन्जिनियरहरूले प्रयोगात्मक अभ्यास गरेर नयाँ इञ्जिनियरिङ सिद्धान्त संसारलाई दिनु आवश्यक रहेको भनाइ राखे ।

‘जनतालाई घर, पुल, कम्प्युटर सेवा कस्तो दिने ? किनकि अहिले सर्वसाधारणको दैनिकी नै इन्जिनियरको हातमा छ, तर त्यो दिन सकेका छौँ ?,’ उनले भने, ‘इञ्जिनियरिङ इतिहास मात्रै पढ्ने इन्जिनियरले समाज बदल्न सक्दैन । त्यसैले कसैले गरेको अभ्यासले बनेको इतिहासले राम्रो र फरक इञ्जिनियर बन्न सक्दैन ।’

नेपालको शिक्षा कमजोर छैन त्यसैले गुगल, फेसबुक, नासा लगायतका संसारभरका कम्पनीमा नेपाली प्राविधिकहरूले योगदान गरिरहेको मुख्यमन्त्री कार्कीले बताए । ‘कोशीका प्राविधिक जनशक्ति संसारभर उच्च मूल्यमा बिक्री गर्न अब प्रयोगात्मक अभ्यासमा केन्द्रित भएर अध्ययन गर्नु आवश्यक छ,’ उनले भने, ‘प्रदेशमा भइरहेको विकास निर्माणका कामको गुणस्तरीय परीक्षण गरेर इन्जिनियरहरूले प्रयोगात्मक अध्ययन सुरु गरौँ ।’

प्रदेश सरकारबाट पैसा माग्न आएका विद्यार्थीलाई भौतिक निर्माण कार्यको गुणस्तरीय परीक्षण गरेर रिपोर्ट दिई प्रयोगात्मक अभ्यास गर्न आग्रह गरेको मुख्यमन्त्री कार्कीको भनाइ रहेको उनको सचिवालयले जनाएको छ ।