लागुऔषधको रूपमा औषधि बेचेको भन्दै मेडिकलमा ब्युरो र विभागको संयुक्त छापा « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

लागुऔषधको रूपमा औषधि बेचेको भन्दै मेडिकलमा ब्युरो र विभागको संयुक्त छापा


१२ बैशाख २०८१, बुधबार


काठमाडौँ । औषधिलाई लागुऔषधको रूपमा बेचेको आरोपमा प्रहरीले काठमाडौँ उपत्यकाका मेडिकलहरूमा छापा मारेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो र औषधी व्यवस्था विभागको टोलीले संयुक्त रूपमा छापा मारेर तीन जनालाई पक्राउ गरेको छ ।

कागेश्वरी नगरपालिका-८ मा रहेको गोगो फार्मेसीका सञ्चालक २६ वर्षीय निरस कुमार महतो, भक्तपुरको बोडेमा रहेको टिसा फार्मेसीका सञ्चालक ३३ वर्षीय राजु सिपाई र उक्त फार्मेसीमा कार्यरत २० वर्षीय सतेन्द्र यादवलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ । 

उनीहरूबाट विभिन्न प्रकारका लागु औषधको रूपमा प्रयोग गरिने औषधीहरू बरामद भएको छ । उनीहरूलाई कारबाहीका लागि औषधी व्यवस्था विभाग पठाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस