दुई मिनेट ४४ सेकेन्डमा श्रम स्वीकृति दिइरहेको मन्त्री अर्यालको दाबी « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

दुई मिनेट ४४ सेकेन्डमा श्रम स्वीकृति दिइरहेको मन्त्री अर्यालको दाबी


१३ बैशाख २०८१, बिहिबार


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले श्रम स्वीकृति २ मिनेट ४४ सेकेन्डमा दिइरहेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री अर्यालले वैदेशिक रोजगारीमा जान चाहनेहरूका लागि २ मिनेट ४४ सेकेन्डमा श्रम स्वीकृति दिइरहेको बताएका हुन् ।

उनले बैठकमा बोल्दै श्रम स्वीकृति प्रदान गर्ने कार्य १ घण्टाभित्र हुने गरेको बताएपछि सांसदहरुले एक घण्टामा दिँदा प्रक्रिया नपुर्‍याई दिइने गरेको हो कि भनी प्रश्न उठाएका थिए ।

सांसदहरुले एक घण्टामा श्रम स्वीकृति दिन निकै कम समय भएको भन्दै आवश्यक कागजातहरू अध्ययन गरेर समय लगाएर दिँदा भविष्यमा श्रमिकहरूले दुःख नपाउने धारणा राखेका थिए । त्यसपछि बोल्दै मन्त्री अर्यालले श्रम स्वीकृति दिने अधिकारीले कागजात पुगे, नपुगेको मात्रै हेरेर स्वीकृत दिने व्यवस्था रहेको भन्दै एक घण्टा पनि नलाग्ने जिकिर गरेका छन्।

उनले एक घण्टा अधिकतम समय राखिएको भन्दै श्रम स्वीकृति भने २ मिनेट घण्टा ४४ सेकेन्डमै दिने गरिएको दाबी गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस