८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री स्तरीय भ्रमण दलमा महिला कर्मचारी अनिवार्य

अ+ अ-

काठमाडौँ । मन्त्रिपरिषद् बैठकमा मन्त्री स्तरीय भ्रमण दलमा महिला कर्मचारी अनिवार्य सहभागी हुनुपर्ने विषयले प्रवेश पाएको छ । सोमबार(आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री स्तरीय भ्रमणमा महिला कर्मचारीलाई अनिवार्य सहभागी गराउनेबारे छलफल गरेका हुन् । 

प्रधानमन्त्री ओलीको यो निर्देशनसँगै अब प्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, सहायक मन्त्री स्तरीय वैदेशिक भ्रमण टोलीमा कम्तिमा पनि एक जना महिला कर्मचारी अनिवार्य सहभागी हुनेछन् । 

‘मन्त्रीहरूको भ्रमणहरू चलिरहँदा प्रधानमन्त्रीज्यूले भ्रमण टोलीमा महिला कर्मचारीहरू खै त भनेर प्रश्न गर्नुभयो’ एक मन्त्रीले प्रधानमन्त्रीको भनाई उधृत गर्दै प्रशासनसँग भने, ‘महिलालाई पनि त अवसर दिनु पर्‍यो नि यत्रो महिला कर्मचारी छन् भन्नुभयो’

ती मन्त्रीका अनुसार भ्रमण दलमा महिलालाई समेट्नु पर्ने प्रधानमन्त्रीको निर्देशनपछि परराष्ट्र मन्त्री आरजु राणा देउवाले अत्यन्तै राम्रो निर्णय भनेर प्रशंसा गरेकी थिइन् । 

सोमबारको बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको विदेश भ्रमण स्वीकृत गरेको छ । उद्योग मन्त्री भण्डारी विमस्टेक बैठकमा र खेलकुद मन्त्री चौधरी ओलम्पिक खेल समारोहका लागि फ्रान्स जान लागेका हुन् ।

प्रधानमन्त्री ओलीले पहिलो बैठकबाट नै निमित्त मुख्य सचिव लीला देवी गडतौलालाई कायम मुकायम(कामु) मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेर वाहवाही कमाएका थिए । महिला कर्मचारी मात्रै होइन, सिङ्गो निजामती कर्मचारीले नै इतिहासमै पहिलो पटक महिलालाई नेतृत्व दिएको भन्दै ओलीको प्रशंसा गरेका थिए । 

सम्बन्धित समाचार : लीला देवीको बलियो ‘भाग्य’: पहिलो कानुन सचिव बन्नबाट रोकियो, बनिन् पहिलो महिला कामु मुख्य सचिव 

प्रतिक्रिया दिनुहोस