७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयोगद्वारा उपनिर्वाचनका लागि कार्यतालिका सार्वजनिक

अ+ अ-

काठमाडौँ । स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले कार्य तालिका सार्वजनिक गरेको छ । आउँदो मङ्सिर १६ गते आइतबारका दिन हुने स्थानीय तह उपनिर्वाचनलाई व्यवस्थित रूपले सञ्चालन गर्न आयोग र अन्तर्गतका कार्यालयहरूले सम्पादन गर्ने कार्यहरूलाई समयबद्ध रूपमा समावेश गरी आयोगबाट कार्यतालिका स्वीकृत भएको आयोगका प्रवक्ता नारायण प्रसाद सापकोटाले जनाएका छन् ।

कार्यतालिका अनुसार निर्वाचन प्रयोजनका लागि राजनीतिक दलको दर्ताको सूचना २०८१ असोज ९ गते प्रकाशन गरी असोज १० गतेदेखि १६ गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गरिने भएको छ । असोज २० गते दल दर्ता स्वीकृत गर्ने, निर्वाचन सम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायतका कार्यक्रम सञ्चालन गर्ने कार्यतालिका रहेको छ ।

कार्तिक २६ मा मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदान स्थल निर्धारण गर्ने, कार्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मङ्सिर २ गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्दै मङ्सिर १६ मा मतदान गर्ने लगायतका ६२ वटा क्रियाकलाप सहित निर्वाचन कार्यतालिका स्वीकृत भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस