९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उद्धार तथा राहत कार्यमा सक्रिय नेपाली सेना

अ+ अ-

काठमाडौँ । नेपाली सेनाले बाढी पहिरोबाट प्रभावित स्थानहरूमा उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइरहेको छ । विपद् प्रभावित क्षेत्रहरूमा उद्धार र राहतका लागि नेपाली सेना सक्रिय रूपमा परिचालित भएको सेनाले जनाएको छ ।

सेनाले हालसम्म देशका विभिन्न ठाउँमा केही दिन अघि परेको अविरल वर्षा र तत्पश्चातको बाढी तथा पहिरोका कारण प्रभावित काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, धादिङ्ग, नुवाकोट, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), प्युठान, पाल्पा, तनहुँ, बारा, रौतहट, सुनसरी, धनकुटा, तेह्रथुम, पाँचथर, उदयपुर, झापा लगायतका जिल्लाहरूका विभिन्न १९४ स्थानहरूबाट अन्य सुरक्षा निकाय तथा स्थानीयको सहयोगमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ ।

सेनाले ९ सय ८९ जनाको सकुशल उद्धार गरेको छ भने करिव ४ हजार जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको जनाएको छ । बाढी पहिरो प्रभावित विभिन्न स्थानहरूमा स्वास्थ्यकर्मी तथा केन्द्रीय स्तरबाट समेत स्वास्थ्यकर्मी खटाइ प्राथमिक स्वास्थ्य उपचार प्रदान गरिएको छ । ९६ वटा शव खोजी कार्य जारी रहेको सेनाले जानकारी दिएको छ ।

यस्तै ७५१ जनाको सकुशल हवाई उद्धार गरिएको छ भने १४ वटा शवको ढुवानी गरिएको सेनाले जनाएको छ । ७ हजार ५३ के.जी. राहत सामग्री प्रदान गरिनुका साथै १ हजार ४ सय ५० लिटर डिजेलसमेत ढुवानी गरिएको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस