२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उद्योगमन्त्री भण्डारीसँग विश्व व्यापार संगठन सचिवालयका प्रतिनिधिको भेट

अ+ अ-

काठमाडौँ । विश्व व्यापार संगठनमा आगामी वर्ष गरिने नेपालको तेस्रो व्यापार नीति समीक्षाको सन्दर्भमा विश्व व्यापार संगठन सचिवालयका प्रतिनिधि मासाहिरो हायाफुजी र ठाकुर पराजुलीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग भेट गरेका छन् ।

सिंहदरवारमा भएको भेटमा विश्व व्यापार संगठनका प्रतिनिधि हायाफुजीले सन् २०१८ मा सम्पन्न नेपालको व्यापार नीतिको दोस्रो समीक्षा पश्चात् हालसम्म व्यापार तथा व्यापार सम्बद्ध नीति, कानुन तथा समग्र प्रयासहरूको प्रारम्भिक जानकारी संकलन गरी समीक्षालाई वस्तुपरक बनाउन विभिन्न निकायसँग समन्वय गरिरहेको जानकारी गराए । यो समीक्षाको प्रारम्भिक बैठकबाट नेपालको व्यापार सम्बद्ध नीति तथा कानुनहरूको पुनरावलोकन गरिनेछ ।

भेटमा मन्त्री भण्डारीले नेपालले नीतिगत, कानुनी तथा रणनीतिक उपायहरू अवलम्बन गरी विश्व व्यापार संगठन मार्फत नेपालको व्यापार तथा लगानी प्रवर्द्धनमा हातेमालो गर्न अग्रसर रहेको बताए । सरकारले हाल सालै व्यापार तथा लगानीको वातावरणलाई सहज, सरल र पारदर्शी बनाउन निजी क्षेत्र मैत्री कानुन निर्माण र कार्यान्वयनमा जोड दिएको उनको भनाई थियो । नेपाल सन् २०२६ मा विकासशील राष्ट्रमा स्तरोन्नति भएपश्चात् नेपालको निर्यात व्यापारलाई अभिवृद्धि गर्न आइपर्ने चुनौतीहरूको सामना गर्न समयमै पुर्वतयारी गर्न मन्त्रालय लागि रहेको र यसमा विश्व व्यापार संगठनको सहयोग रहने मन्त्री भण्डारीले विश्वास व्यक्त गरे ।

विश्व व्यापार संगठन स्थापना गर्ने माराकेश सम्झौताको अनुसूची ३ बमोजिम हरेक सदस्य राष्ट्रहरूको व्यापार नीतिको समीक्षा हुने गर्दछ । नेपालले हालसम्म सन् २०१२ मा पहिलो समीक्षा र सन् २०१८ मा दोस्रो समीक्षा सम्पन्न गरिसकेको छ । 

समीक्षाको क्रममा विभिन्न चरणका बैठकहरू मार्फत सूचना संकलन गरी सन् २०२५ मा विश्व व्यापार संगठनको सचिवालयले “सचिवालयको प्रतिवेदन” तथा नेपाल सरकारको तर्फबाट समेत “सरकारको प्रतिवेदन” समेत तयार गरी विश्व व्यापार संगठनको (ट्रेड पोसिली रिभ्यु बोडी) मा प्रस्तुत गरिनेछ ।