२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज भाइटीका, किन लगाइन्छ सप्तरंगी टीका ? यस्तो छ कारण 

अ+ अ-

आजको दिन अधिकांश निधारहरू सप्तरंगी हुन्छन् । दिदीबहिनी नभएकाहरूले कसैलाई दिदीबहिनी मानेर या मठ मन्दिरमा अनि काठमाडौँको रानी पोखरीमा गएर टीका लगाउने अनि सामूहिक भाइटीकामा जाने चलन पनि छ । 

काठमाडौँ । आज देशभर चेलीबेटीले दाजुभाइलाई ‘सप्तरंगी’ टीका लगाइदिएर भाइटीका मनाउँदै छन् । नेपालीहरूको महान् चाडमध्ये भाइटीका पनि एक हो । यस चाडले चेलीबेटी र माइतीबिचको प्रगाढ सम्बन्धको महत्त्व प्रतिबिम्बित गर्छ । 

चेलीबेटीले आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै तेल र दुबोले पुजेर, मखमली, सयपत्रीको मालासँगै सप्तरंगी टीका लगाइदिन्छन् भने दाजुभाइले पनि आफ्ना चेलीबेटीको आशीर्वादलाई खुल्ला हृदयले स्विकार्छन् । त्यसैले यो दिन खास छ ।

भाइटीकाको शुभ साइत ११ः३७ बजे
यस वर्षको भाइटीकाको शुभ साइत आइतबार (आज) बिहान ११ः३७ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने र नेवार समुदायले मनाउने किजापूजा पनि आजकै दिन गर्नुपर्ने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।

यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठुलो चाड तिहार कात्तिक १३ गते मंगलवारदेखि सुरु भएको हो ।  कात्तिक १३ गते मंगलवार धन त्रयोदशी (धनतेरस) पर्व मनाइएको थियो । यमदीपदान भने कात्तिक १४ गतेदेखि बुधवार मनाइ सकिएको छ ।  कागतिहार पनि यमदीपदानको दिन बुधवार मनाइएको थियो ।  आयुर्वेदका प्रवर्तक धन्वन्तरीजयन्ती पनि बुधवार नै मनाइएको थियो । 

कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा पनि कात्तिक १५ गते बिहीबार मनाइसकिएको छ। कात्तिक १६ गते शुक्रवार औँसी परेको थियो । त्यस दिन भने तिहारको कुनै पर्व नपरेको समितिले जनाएको छ । 

यस्तै कात्तिक १७ गते शनिवार गाई गोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हली तिहार, म्ह पूजा र नेपाल संवत् ११४५ प्रारम्भ भएको थियो । यसै गरी कात्तिक २२ गते बिहीबार छठ पर्व परेको समितिले जनाएको छ ।

किन लगाइन्छ टीका ?
दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा सप्तरंगी टीका पहेँलो, नीलो, सुन्तला रङ, सेतो, हरियो, रातो र कालो सात रङ टीकालाई निधारमा उर्द्ध्वाकार रेखामा सिधा लगाइदिने परम्परा रहेको छ । 

सप्तरंगी टीकामा भावना मिसिँदा शान्ति बर्सिन्छ । दाजुभाइप्रतिको प्रेम रङजस्तै गाढा तथा निरोगी भइरहने धार्मिक विश्वास रहेको छ ।

पूजा पाठ पछि टीका थाप्दा आत्मामा धेरै आनन्दानुभूति प्राप्त हुन्छ । टीकाको दिन दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन् । यसले आयु बढाउनुका साथै राष्ट्रियता झल्काउँछ । 

टीका लगाइदिएपछि दिदीबहिनीले उपहार दिन्छन् भने दाजुभाइले पनि आफ्नो गच्छेअनुसार वस्त्र तथा दक्षिणा आदि प्रदान गरी भाइटीका पर्व धूमधामसँग मनाइन्छ ।

बालगोपालेश्वर खुल्ने
काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक मात्र आजको दिन खुल्ने गर्दछ। दिदीबहिनी वा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन यो मन्दिरमा पूजा, दर्शन र टीका लगाउने विशेष प्रचलन रहेको छ। यस दिनमा मन्दिर दर्शन गर्न आउनेहरूको भीड लाग्दछ।

खञ्जनेश्वर महादेव मन्दिरमा पनि भक्तजनको भिड
जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी वा दाजुभाइ नहुनेहरूले भाइटीकाका दिन पूजा गरी टीका लगाउने प्रचलन रहेको छ । वि.सं. २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा पुग्न पोखरीमा हामफाल्ने समस्या देखिएपछि बन्द गरिएको थियो । त्यसपश्चात् जयवागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा भाइटीका हुने गरेको थियो, जुन अहिले पनि निरन्तर छ ।