७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अबको शिक्षा सीप र रोजगारीसँग जोडिनुपर्छ : मुख्यमन्त्री लामा

अ+ अ-

मनहरी(मकवानपुर) । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले अबको शिक्षा सीप र रोजगारीसँग जोडिनुपर्नेमा जोड दिएका छन् । आज  हेटौँडास्थित मकवानपुर बहुमुखी क्याम्पसद्वारा सञ्चालित विजनेश इन्क्युवेसन सेन्टर उद्घाटन गर्दै उनले प्रविधिमैत्री र अध्ययनअनुसारको सीप पनि जरुरी रहेको उल्लेख गरे । 

“जे पढेका छौँ, जे सीप छ सोही सीपअनुसारको रोजगारी गर्नुपर्छ, अध्ययन र सीप एकातिर काम अर्कोतिर गर्नाले युवा विदेशिनुपरिरहेको छ”, उनले भने । औद्योगिक क्षेत्रसमेत रहेको मकवानपुरमा उद्योगसँगको सहकार्यमा विषयवस्तु अध्यापन गराउनुपर्नेमा जोड दिँदै उनले पढाइका क्रममा शिक्षक र विद्यार्थी दुवै सकारात्मक रहनुपर्ने बताए । 

कक्षा १२ सम्मको अध्ययनपछि युवा विदेश जानेको लर्को लागेकाले पढाइसँगै सीप सिकेर पढ्दै काम गर्दै गर्दा युवा शक्ति विदेशिनुमा रोक्न सकिने उनको भनाइ थियो । 

कार्यक्रममा प्रदेश सरकारका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले पनि विद्यार्थीलाई व्यवसाय, रोजगारी र सीपसँग जोडिनुपर्ने बताए । क्याम्पस पढ्ने विद्यार्थी सङ्ख्या बढ्दो रहेको अवस्थामा जति छन् ती विद्यार्थीलाई पढ्दै काम गर्दै अभियानमा सहभागी गराएर अबको उच्च शिक्षा अनुसन्धानमूलक कार्यमा लैजानुपर्ने बताए । 

क्याम्पस प्रमुख डा यमबहादुर सिलवालले विजनेश इन्क्युवेसन सेन्टर, इनोभेसन तथा स्कील ल्याबका विषयमा जानकारी गराएका थिए । उनले आवश्यकताका आधारमा अध्ययनसँगै रोजगारी र सीपलाई प्राथमिकतामा राख्दै सेन्टर सञ्चालन गरिएको उनको भनाइ थियो ।  

प्रतिक्रिया दिनुहोस